Categories
ताजा समाचार

सिन्धुपाल्चोकमा फेरी ठूलो दुर्घ’टना हुनवाट यसरी बचाए यात्रुले

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकमा फेरी ठूलो दुर्घ टना हुनवाट यात्रुले रोकेका छन् । अस्वस्थ्य ढंगले यात्रुलाई नै आतं कित पार्नेगरी बस चलाउने चालक विरुद्ध बसमै बसेका यात्रुले प्रहरीलाई एसएमएस गरिदिएपछि ति चालक प क्राउ परेका छन्।

साँगाचोक सडकखण्डबाट दुई बसका चालकहरुले एक अर्कालाई प्रतिस्पर्धा गर्दै अनिय न्त्रीत तरिकाले बस चलाइरहेका थिए । बसमा बसेका यात्रुको सुरक्षालाई समेत वास्ता नगरी एक अर्कामा प्रतिस्पर्धा गरिरहेका बस चालक विरुद्ध यात्रुले रिपोर्ट गरिदिएपछि प्रहरीले चालकलाई निय न्त्रणमा लिएको हो ।

अस्वस्थ ढंगले तिब्र गतिमा बस चलाएर दुर्घ टनाको जोखिम बढाएको भन्दै यात्रुले प्रहरीलाई एसएमएसबाट जानकारी दिएलगत्तै बा २ ख १६३६ र बा २ ख ४०८६ नम्बरको यात्रुबाहक बसका चालकलाई शुक्रबार प्रहरीले निय न्त्रणमा लिएको हो ।

जिल्लाको साँगाचोक गढी नगरपालिका–११ पोखरेस्थित बन्देउ चौतारा सडक खण्डमा काठमाडौंबाट चौतारातर्फ जाँदै गरेका ती दुई यात्रुवाहक बसहरु यात्रुलाई नै आतं कित पार्नेगरी अस्वस्थ रुपमा प्रतिस्पर्धा गर्न थालेका हुन् । प्रहरीले ति बसका यात्रुलाई अर्को बसमा गन्तब्यसम्म जाने ब्यवस्था मिलाईदिएको छ ।

निय न्त्रणमा लिइएका चालकहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धको कसूरमा म्याद अनुमति लिएर थप अनुसन्धान कार्य अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ ।

फाइल तस्बिर

Leave a Reply

Your email address will not be published.