Categories
सूचना प्रविधि

सवारी साधन सुरक्षित राख्न अपनाउनुस् यी उपाय

सवारीसाधान खरीदमा ठूलो रकम खर्च हुने गरेको छ । तर सवारीसाधानलाई सही रुपमा ख्याल नगर्दा समस्या देखा पर्ने गरेको छ । जथाभावी पार्किङमा राखिएका सवारी साधन हराइरहेका घटना नयाँ होइनन् । सडकमा अनाधिकृत रुपमा राखिएका सवारी साधनलाई महानगरीय ट्राफिक प्रहरीले समेत उठाएर लैजाने गरेको छ भने धेरै सवारी हराइरहेका पनि छन् ।

यी समस्याले हैरान हुनुहुन्छ भने यसरी गर्नुस् आफ्नो सवारीको सुरक्षा ।

–सवारी साधनमा अतिरिक्त लक तथा अलार्मको प्रयोग गर्ने ।, –घर कमाउण्ड वा अन्य स्थानमा एकैछिन भनि लक लगाउन अल्छी नगर्ने ।, –एकान्त, सुनसान र अध्यारो गल्लीहरुमा पार्किङ नगर्ने ।, –शः शुल्क पार्किङ्गमा सवारी राखी स्लीप लिने गर्ने ।, –सवारी साधनमा साचो छुटेको छ कि भनेर पुनः चेक गर्ने ।, –उस्तै देखिने सवारी साधनसँगै आफ्नो सवारी पार्किङ्ग नगर्ने ।

–रिकण्डीसन वा अन्य व्यक्तिबाट सवारी खरिद गर्दा ब्लुबुक हेरी यातायात व्यवस्था कार्यालयको अभिलेख जाँच गरेर मात्र खरिद गर्ने ।, –सिसिटिभी वा आफ्नो निगरानी भएको स्थानमा मात्र पार्किङ गर्ने ।, –लामो समयसम्म एकै स्थानमा सवारी पार्किङ नगर्ने ।, –सवारी साधन किनबेच तथा टेस्ट ड्राईभ गर्दा होस पुर्‍याउने ।

Leave a Reply

Your email address will not be published.