Categories
ताजा समाचार

ओली शासनमा किन बढ्यो भ्रष्टाचार ? अख्तियार प्रमुखको यस्तो खुलासा !

काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको शासनकालमा भ्रष्टाचार बढेको भन्दै सर्वत्र आलोचना हुने गरेको छ । ओली सरकारमा ठूल्ठूला भ्रष्टाचारका काण्ड सार्वजनिक भइरहेका छन् ।ओली शासनमा यस्तो अचाक्ली भ्रष्टाचार बढ्नुको कारणबारे सर्वत्र चर्चा भइरहेका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले नयाँ खुलासा गरेका छन् ।

घिमिरेले लेखापरीक्षकहरूका कारण देशमा भ्रष्टाचार बढ्दै गएको बताएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आयोजना गरेको ‘प्रोफेसनल इन्टिग्रिटी फर कम्ब्याटिङ करप्सन एन्ड फ्रड’ विषयको राष्ट्रिय सम्मेलनलाई आईतबार काठमाडौंमा सम्बोधन गर्दै घिमिरेले लेखापरीक्षकहरूले आर्थिक अनियमिततालाई मिलाउने काम गर्दा भ्रष्टाचार र ठगी बढ्दै गएको दाबी गरेका छन् । घिमिरेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको कतिपय अनुसन्धानमा सुरूदेखि नै लोखापरीक्षकका लागि भाग छुट्याउने गरेको पाइएको समेत बताएका छन् ।

कार्यक्रममा महालेखापरीक्षक टंकमणि शर्मा दंगालले निजी र सरकारी सबै क्षेत्रमा भ्रष्टाचार र ठगी बढ्दै गएको बताएका छन् । निजी क्षेत्रबाट ठगी र सरकारी निकायहरूबाट भ्रष्टाचार हुने गरेको समेत उनले बताएका छन् ।

महालेखापरीक्षक शर्माले पवित्र उद्देश्यले खोलिएको धार्मिक संस्था तथा कृषि उत्पादनमा समेत भ्रष्टाचार हुने गरेको र हिसाब मिलाएर गरिने भ्रष्टाचार केलाउन चुनौती रहेको बताएका छन् । भ्रष्टाचारलाई कम गर्न लेखापरीक्षणका मापदण्डहरूले वित्तीय ठगीको परिभाषालाई समेत समावेश गर्नुपर्ने उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published.