Categories
समाचार

‘छेक्यो छेक्यो देउराली डाँडा’का गीतकार शुक गुरुङको निधन

काठमाडौँ – चर्चित गीतकार शुक गुरुङको निधन भएको छ। चर्चित गीत ‘छेक्यो छेक्यो’ का सर्जक गुरुङको अचानक निधन भएको हो । उनको आइतबार बिहान पोखराको चरक अस्पतालमा निधन भएको हो ।

२०२२ सालमा चितवनमा जन्मिएका उनी लामो समयदेखि मृगौलाको रोगबाट पीडित थिए । उनका ‘छेक्यो छेक्यो‘’, ‘आँखैमा झलझली हितैको तरी‘’,‘भाइटीकामा भेट्न आउँला‘’ जस्ता चर्चित गीत छन् ।

अन्य समाचार

गायक पशुपति शर्मा भन्छन् : छोरी आफ्नो लागि हो भने छोरा समाजलाई देखाउनको लागि हो

लोक गायक पशुपति शर्माले भर्खरै स्याङ्जामा भव्य घर निर्माण गरेका छन् । एक छोरा र एक छोरीको बुवा भएका पशुपति शर्माले छोरा छोरीको वारेम आफ्नो धारणा व्यक्त गरेका छन् ।

पशुपति शर्माले क्यानाडा नेपालका लागि सन्तोष निरौलासंग कुराकानी गर्दै भने : “छोरा भन्दा छोरी आमा बुवाको लागि नजिक हुन्छन् । म सधै भन्ने गरेको छु कि छोरी भनेको आफ्नो लागि हो भने छोरा भनेको समाज परिवारलाई देखाउनको लागि हो । ल है छोरा जन्मियो भनेर समाजलाई भन्दा परिवार देखि समाज खुशी र गर्व हुन्छन् तर छोरी भनेको सधै आफ्नो नजिक हुन्छन। वंश धान्न छोरा चाहिने हो तर आमा बुवाको माया भने छोरीले गर्छन ।

छोरा र छोरीको लागि गित बनाउदै गरेका पशुपति शर्मालाई छोरी हुँदा झन् बढि खुशी भएको कुरा उल्लेख गर्दै भने: “एउटा छोरी भएपछी अर्को पनि छोरी नै हुँदा पनि हामी खुशी हुन्थ्यौ । छोरा नै चाहिने भन्ने थिएन र छोरा हुँदा हामी भन्दा बढि आमा बुवा देखि सासु ससुरा खुशी हुनुभएको पाए ।

खासमा छोरा भन्दा छोरीहरुले आमा बुवालाई बढी माया गरेको पाएको छु । मेरो आमा बुवालाई नै हल्का बिरामी हुँदा म भन्दा पहिला दिदी बहिनी पुगिसकेका हुन्छन ।”

Leave a Reply

Your email address will not be published.