Categories
समाचार

क्या न्स र पीडित बालिकाको उपचारमा सहयोग गर्न आग्रह, सके सहयोग गरौँ नसके सेयर गरौँ

धनगढी – ब्लड क्यान्सरबाट पीडित कञ्चनपुरकी एक बालिकाको उपचारका लागि सहयोग गरिदिन उनका बुवाले आग्रह गरेका छन् । पुर्नवास नगरपालिका वडा –८ को सुकुम्बासी टोलका बिक्रम बोगटीकी पाँच वर्षीया छोरी झरनालाई ब्ल ड क्या न्सर भएपछि हाल काठमाडौँको कान्ति बाल अस्पतालमा उपचार भइरहेको छ ।

तर रकम अभावमा उपचार गर्न कठिन भएको भन्दै बुवा बिक्रमले सहयोगका लागि आग्रह गरेका हुन्। बिक्रमका अनुसार झरनालाई चिकित्सकहरुले पाँच वर्षसम्म नियमित औषधि से व न गराउनुपर्ने र त्यसका लागि झण्डै ६ लाख रुपैयाँ खर्च लाग्ने जानकारी गराएका छन् ।

भारतमा मजदुरी गर्ने आफूसँग त्यति रकम नभएको भन्दै बोगटीले सहयोगका लागि आग्रह गरेका हुन् । उनले छोरीको उपचारमा सहयोग गर्न चाहने महानुभावलाई ९८०४६०६०६१ नम्बरमा सम्पर्क गर्न आग्रह गरेका छन् ।

अन्य समाचार

लमजुङमा सेनाको स्वाथ्य शिविर

दुधपोखरी गाउँपालिका २ विचौरको वागेश्वरी माविमा शनिबार नेपाली सेनाको श्रीजङ गणले स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरबाट चार सय २६ जनाले सेवा लिएका छन् । स्वास्थ्य पहुँचबाट पिछडिएको ठाउँमा शिविर सञ्चालन भएपछि स्थानीय खुसी भएका छन् । शिविरमा हाडजोर्नी, स्त्रीरोग, नसा, नाक, कान घाटी, ल्याव परीक्षण, परामर्श, दाँत एवं आँखा सम्बन्धि जाँच तथा उपचार सेवा प्रदान गरीएको थियो ।

शिविरमा बिशेषज्ञसहित ३५ जना डाक्टरहरुले सेवा प्रदान गरेको जिल्ला सामुदायिक अस्पतालका प्रशासन प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिए । शिविर एचडीसीएस लमजुङ जिल्ला सामुदायिक अस्पताल, पुरानो मेडिकल कलेज चितवन, स्वास्थ्य कार्यलय लमजुङ, जिल्ला आखाँ उपचार केन्द्र लमजुङको प्राविधिक सहयोग र लमजुङ सेवा समिति हङकङको आर्थिक सहयोगमा शिविर आयोजना गरिएको हो । शिविरमा तीन लाख रुपैयाँ बढीको औषधि वितरण गरीएको प्रमुख श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published.