Categories
ताजा समाचार

विपन्न बस्तीमा सेनाको नि:शुल्क स्वास्थ्य शिविर

लमजुङको सुन्दरवजारमा नेपाली सेनाले आयोजना गरेको नि:शुल्क स्वास्थ्य शिविरमा चारसय भन्दा बढिले स्वास्थ्य परिक्षण गराएका छन् । नियमित स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका ग्रामिण भेगका बासिन्दालाई मध्यनजर गर्दै नेपाली सेनाले नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।

जिल्लस्थित नेपाली सेनाको श्रीजङ गणको आयोजनामा सुन्दरवजार–६, खत्रेठाँटीमा शिविर सञ्चालन भएको हो । शिविरमा जनरल स्वास्थ्य परिक्षण, दाँत सम्वन्धी जाँच तथा उपचार र नि:शुल्क औषधी वितरण गरिएको थियो । शिविरमा आएकामध्ये अधिकाँशमा उच्च रक्तचाप, चिनीरोग, शारिरीक दुर्वलता तथा पेटको समस्या भेटिएको शिविरमा खटिएका चिकित्सकले बताएका छन् ।

शिविर व्यवस्थापनका लागि काठमाडाैं ढोडसिङ समाजले सहयोग गरेको थियो भने दाँत सम्वन्धी उपचारको लागि चितवनस्थित चितवन डेन्टल होम प्रालिले सहयोग गरेको नेपाली सेनाले जनाएको छ ।

नागरिक र नेपाली सेनाबीचको सम्बन्धलाई प्रगाढ बनाउन र आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित भएका विपन्न वर्गमा स्वास्थ्य सेवा दिने उद्देश्यले शिविर आयोजना गरीएको श्रीजङ गणले जनाएको छ । शिविरमा स्वास्थ्य परिक्षणसँगै स्वास्थ्य परामर्श र विभिन्न विरामीपनबारे जानकारी गराइएको थियो ।

नेपाली सेनाको श्रीजङ गणको आयोजनामा सुन्दरवजार–६, खत्रेठाँटीमा शिविर सञ्चालन भएको हो । शिविरमा जनरल स्वास्थ्य परिक्षण, दाँत सम्वन्धी जाँच तथा उपचार र नि:शुल्क औषधी वितरण गरिएको थियो । शिविरमा आएकामध्ये अधिकाँशमा उच्च रक्तचाप, चिनीरोग, शारिरीक दुर्वलता तथा पेटको समस्या भेटिएको शिविरमा खटिएका चिकित्सकले बताएका छन् ।

Leave a Reply

Your email address will not be published.