बलिउड अभिनेता सलमान खानको फिल्म ‘दबंग थ्री’ सिनेमा घरमा रिलिज भइरहेको छ । यसले राम्रै प्रतिक्रिया पाइरहेको छ । यसैबीच सलमान खानलाई विश्व रेसलिङ इन्टरटेन्मेन्टले चाँडै नै कस्टमाइज्ड डब्ल्यू डब्ल्यू ई च्याम्पियनशीप बेल्ट दिएर सम्मानित गर्ने खबर सार्वजनिक भएको छ ।
भारतीय संचार माध्यमका अनुसार डब्ल्यूडब्ल्यूईले दबंग सिरिजको यो तेस्रो फिल्मलाई सेलिब्रेट गर्नका लागि यस्तो गर्दैछ । बेल्टको साइडमा सलमान खानको नाम पनि एम्बस गरिने बताइएको छ । यो खबरलाई डब्ल्यूडब्ल्यूई इन्डियाको ट्वीटर ह्यान्डलबाट एउटा भिडियो सेयर गर्दै जारी गरिएको छ ।
.@WWE presents #Bollywood's Chulbul Pandey aka. @BeingSalmanKhan with a custom made #WWEChampionship ahead of the release of #Dabangg3. #WWENowIndia pic.twitter.com/RsTjILi8PS
— WWE India (@WWEIndia) December 21, 2019
दबंग-३ मा यसकारण अटाइनन् प्रीति जिन्टा
बलिउड सुपरस्टार सलमान खानको फिल्म दबंग-३ रिलिज भइसकेको छ। फिल्म रिलिज भएसँगै सलमानले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएका छन्।
तर, फिल्म हेर्न सिनेमाघर पुगेका दर्शकले पर्दामा नायिका प्रीति जिन्टालाई देख्न पाएनन्।
फिल्म दबंगको सुटिङताका सलमानसँगै प्रीतिका तस्वीर भाइरल भएका थिए। ती तस्वीरमा प्रीति र सलमान दुबै प्रहरी अधिकृतको ड्रेसमा देखिएका थिए। तस्वीर देखेर धेरैले लख काटेका थिए, प्रीति सलमानको फिल्म दबंग ३ मा समावेश भएकी छिन्।
तर, फिल्म हेरेपछि थाहा भयो प्रीति पर्दामा अटाएकी रहेनछिन्।
सलमानका अनुसार प्रीति हैलोवीनका लागि केही गर्न चाहान्थिन्। त्यसका लागि प्रहरीको ड्रेस लगाउनु थियो। त्यही क्रममा दबंग ३ को सुटिंग भइरहेको थियो।
दबंग-३, २० डिसेम्बरमा रिलीज भएको थियो। फिल्ममा सलमानसँगै नायिका सोनाक्षी सिन्हा र सई मान्जरेकर मुख्य भूमिकामा छन्।