Categories
समाचार

प्रधानमन्त्रीकाे ट्विटरबारे प्रहरीले थाल्यो अनुसन्धान, सचिवालयका कर्मचारीबाटै सोधपुछ सुरु

काठमाडाैँ। प्रधानमन्त्री केपी ओलीकै ट्विटर अकाउन्ट असुरक्षित भएको खुलेपछि प्रहरीले अनुसन्धान थालेको छ । प्रधानमन्त्रीको ट्विर अकाउन्ट दुरुपयोगले एकाएक जटिल रूप लिएपछि घटना अनुसन्धानको जिम्मा नेपाल प्रहरीले लिएको हो ।

ट्विटर अकाउन्ट दुरुपयोग सम्बन्धमा प्रधानमन्त्रीको सचिवालयका कर्मचारीमाथि समेत अनुसन्धान गर्नुपर्ने भएकाले नेपाल प्रहरीलाई जिम्मा लगाइएको छ । घटना सम्बन्धमा नेपाल प्रहरीअन्तर्गतको साइबर ब्युरोले अनुसन्धान गरिरहेको छ ।

प्रधानमन्त्रीका आइटीविज्ञ अली असगरले शनिबार ११ बजे नै घटना सम्बन्धमा अनुसन्धान गर्न सम्पूर्ण डाटा ब्युरोलाई जिम्मा लगाएका थिए । प्रधानमन्त्री सचिवालयका अनुसार प्रधानमन्त्रीको ट्विटर ह्यान्डल प्रधानमन्त्रीबाहेक सञ्चारविज्ञ रामशरण बजगाईंले प्रयोग गर्छन् ।

त्यसबाहेक ट्विटरको पासवर्ड प्रमुख सल्लाहकार विष्णु रिमाल र आइटीविज्ञ अली असगरलाई थाहा छ । नागरिकता विधेयक सम्बन्धमा भारतमा जारी आन्दोलनलाई लक्ष्य गर्दै भारतीय कांग्रेस आइकी अध्यक्ष सोनिया गान्धीले गरेको भाषण प्रधानमन्त्री ओलीको ट्विटर अकाउन्टबाट एकाएक रिट्विट भएपछि अकाउन्ट दुरुपयोग भएको खुलेको थियो ।

Leave a Reply

Your email address will not be published.