काठमाडौं : नेपाल आयल निगमबाट पेट्रोल,डिजेल र मट्टीतेलको मूल्य घटाएको छ। निगमले शुक्रबार राति १२बजेबाट लागुहुनेगरी तीन इन्धनको मुल्य घटनाएको हो।
नेपाल आयल निगमका निर्देशक एवं प्रवक्ता वीरेन्द्र गोइतका अनुसार पेट्रोलमा प्रति लिटर २ रुपैयाँ, डिजेल र मट्टीतेलमा प्रति लिटर १ रुपैयाँ घटाइएको छ। हवाई इन्धन र एलपि ग्याँसको खुद्रा मूल्य यथावत राखिएको छ।
मूल्य घटेपछि प्रति लिटर पेट्रोल १०८.५०, डिजेल र मट्टीतेल ९७ कायम रहेको निगमले जनाएको छ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटाएको हो ।
अब काठमाडौं उपत्यकामा पेट्रोलको भाउ प्रतिलिटर १०९ रुपैयाँ ५० पैसा र डिजल तथा मट्टितेल प्रतिलिटर ९७ रुपैयाँ कायम भएको छ । आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार इन्डियन आयल कर्पोरेसनबाट १६ मे २०१९ मा प्राप्त मूल्यसूची अनुसार पेट्रोलियम पदार्थको भाउ घटाइएको हो ।