Categories
समाचार

हावाबाट बिजुली निकालेर गाउँ नै उज्यालो

हावाबाट बिजुली निकालेर पाल्पा निस्दी गाउँपालिका–४ का १५० घरधुरी उज्यालो बनेका छन् । दुई वर्षअघि मिल्यालमा हावाबाट बिजुली उत्पादन सफल परीक्षण भएको थियो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र निस्दी गाउँपालिकाको गरी दुई करोड १५ लाख संयुक्त लगानीमा हावा र सौर्यबाट २५ किलोवाट बिजुलीले पाँच गाउँ उज्यालो बनेको हो ।

२५ किलोवाट बजिुलीले निस्दी ४ स्थित झ्यालटुङ, रुक्सेभञ्ज्याङ, काफलडाँडा, मौलाथर, मित्याल बजारका १५० बढी घर उज्यालो बनेको उपभोक्ता समितिका अध्यक्ष भूपिन्द्र सुनारीले जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा रेखीराम रानाले लेखेका छन् ।

अन्य समाचार

काठमाडौं–पोखरा–लुम्बीनी रेलमार्गको लागि ७ खर्ब लगानी आवश्यक

पोखरा–लुम्बीनी रेलमार्गको लागि करीब ७ अर्ब लगानी आवश्यक हुने देखिएको छ । चीनको नेशनल रेलवे एडमिनिस्ट्रेशनले मंसिरको दोस्रो साता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई बुझाएको पूर्वसन्ध्यामा अध्ययन प्रतिवेदनले काठमाडौं–पोखराको १६८ किमी राजमार्ग निर्माण गर्न झन्डै ४ खर्ब र कुरिनटार–लुम्बिनीसम्म १८० किलोमिटर रेलमार्ग बनाउन ३ खर्ब लगानी आवश्यक हुने प्रक्षेपण गरेको छ ।

उक्त पूर्वसम्भाव्यता अध्ययनअनुसार काठमाडौं–पोखरा र कुरिनटार–लुम्बिनीसम्मका दुईवटा रेलमार्ग निर्माण हुनेछ । रेल विभागका महानिर्देशक बलराम मिश्रका अनुसार उक्त अध्ययनले काठमाडौं–पोखरा रेलमार्गको काठमाडौं प्रस्थान विन्दु टोखा र पोखराबाट लुम्बिनीका लागि जोडिने प्रस्थान बिन्दु कुरिनटार हुने देखाएको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा हिमा वि.कले लेखेकी छिन् ।

Leave a Reply

Your email address will not be published.