Categories
समाचार

‘इन्डियन आइडल’मा पुगिन निरुता सिंह

काठमाडौं– पछिल्लो समय भारतको मुम्बईमा बस्दै आएकी नेपाली नायिका निरुता सिंह भारतीय रियालीटी शो ‘इन्डियन आइडल’ मा पुगेकी छिन् । अभिनेत्री सिंहले सामाजिक सञ्जाल फेसबुकमा एउटा भिडियो क्लिप राख्दै आफू इन्डियन आइडलमा पुगेको जनाएकी हुन् ।

उनले त्यहाँ पुग्दा निकै रमाइलो भएको र राम्रो समय बिताएको बताएकी छिन् । अभिनेत्री सिंहले आदित्यनारायणलाई धन्यवाद दिँदै लेखेकी छिन्, ‘इन्डियन आइडलको सेटमा राम्रो समय बिताएँ । आदित्य नारायणलाई धेरै धेरै धन्यवाद !’

निरुताले पछिल्लो समय मह जोडीको ‘दालभात तरकारी’ मा अभिनय गरेकी थिइन् । उनको अभिनय रहेका दर्पण छायाँ, माइती, अजम्बरी नाता, ठूल्दाइ लगायत चलचित्र दर्शकले रुचाएका चलचित्रमा पर्छन् ।

अन्य समाचार

आमाको भूमिकामा नायिका कंगना रनौत

बलिउडमा निकै चर्चामा आइरहने चर्चित नायिका हुन् कंगना रनौत । धेरैजसो आफ्ना फिल्मबाट चर्चामा आइरहने कंगना पछिल्लो समय फिल्ममा फरक भुकिाका कारण चर्चाका आएकी छिन् । हालै उनको नयाँ फिल्म पंगा’ को फस्ट लुक सार्वजनिक भएको छ । अश्विनी अड्ढयर तिवारीले निर्देशन गरेको फिल्म ‘पंगा’ अब रिलिज हुने तयारीमा छ । यस फिल्ममा कंगना अलवा ऋचा चड्ढा, नीना गुप्ता, जस्सी गिल र पंकज त्रिपाठीको अभिनय रहेको छ ।

हालै नायिका कंगनाकी बहिनीले पंगा’ को फस्ट लुक शेयर गर्दै लेखेकी छिन् ‘एक अभिनेत्रीका लागि सबैभन्दा ठूलो बेइज्जत त्यतिबेला हुन्छ जतिबेला आमाको भूमिकाका लागि अनुरोध गरिन्छ । अब नायिका कंगना फेरि एकपटक आमाको भुमिका निभाउदैछिन् । उनले फिल्म पंगामा आनमाको भुमिका सनभाउने बताइएको छ ।

Leave a Reply

Your email address will not be published.