Categories
मनोरंजन

टाइगर श्राफको ‘बागी ३’ को दिशा पटानीको इन्ट्री

मुम्बई – बलिउड अभिनेत्री दिशा पटानीलाई फेरि एकपटक टाइगर श्राफको हिट फ्रेन्चाइज ‘बागी’ को तेस्रो सिक्वेलमा देख्न पाइने भएको छ । फिल्म ‘बागी ३’ मा दिशा पटानीको इन्ट्री भएको छ ।

यद्यपि दिशालाई यसपटक फिल्ममा शीर्ष भूमिका नभएर एक गीतमा मात्र देख्न पाइनेछ । ‘बागी ३’ मा टाइगरको अपोजिटमा श्रद्धा कपूरलाई देखिनेछ ।दिशाले छिट्टै नै गीतको छायांकन थाल्नेछिन् । तर, गीतमा दिशाले टाइगरसँगै नाच्नेछिन् या छैनिन् भन्ने चाहिँ खुलाइएको छैन ।

अन्य समाचार

जब पाँडेले भने – यो त नेपाली अवार्डको कार्यक्रम जस्तो भयो…

बिहीवार राजधानीमा फिल्म ‘सेन्टीभाइरस’ को गीत सार्वजनिका कार्यक्रम थियो । कार्यक्रममा निर्देशक रामबाबु गुरुङसहित क्रु मेम्बर उपस्थित थियो ।कार्यक्रममा हास्य टेलिश्रृङ्खला ‘सक्किगोनि’ का कलाकारको पनि उपस्थिति थियो । ‘सक्किगोनि’ कुमार कट्टेल, दीपक आचार्य, अर्जुन घिमिरे (पाडे) लगायत कार्यक्रममा मुख्य आकर्षण बनेका थिए ।

कार्यक्रमको उद्घोषण गरिरहेका राजा राजेन्द्रले प्रायः कलाकारलाई स्टेजमा बोलाइरहेका थिए । निर्माण टिमका तर्फबाट निर्देशक रामबाबु गुरुङ, नृत्य निर्देशक शंकर बिसी, अभिनेता दयाहाङ राई, निर्मात्री कुञ्जना घिमिरे, निर्माताद्वय डिन्डु लामा ह्योल्मो र फुर्पा ह्योल्मो लगायत उपस्थित थिए ।

कार्यक्रममा दीपाश्री निरौला, सुरवीर पण्डित, केदार घिमिरे, जितु नेपाल, अशोक शर्मा, रमेश उप्रेती लगायत समेत उपस्थित थिए । प्रस्तोताले केही कलाकारलाई अगाडि बोलाइरहेका थिए । दीपाश्री निरौला पनि अगाडि पुगिन् । ‘सेन्टीभाइरस’ का लेखक कुमार कट्टेलले कार्यक्रममा आएका अर्जुन घिमिरे (पाँडे) लाई पनि अगाडि बोलाउन प्रस्तोतासँग खासखुस गरे ।

तर, जिस्किएर प्रस्तोता राजा राजेन्द्रले भने – उहाँहरुले त अघिदेखि मलाई पाँडेलाई पनि अगाडि बोलाउन भन्नुभएको छ तर म बोलाउँदिन । मन लागे आफै आए हुन्छ । प्रस्तोताले पाँडेकै आवाज निकालेर अगाडि बोलाउन आग्रह गर्दा अर्जुन घिमिरेले पनि जवाफ फर्काए ।

उनले भने, ‘यता सुन्, यो त नेपालको अवार्ड कार्यक्रमजस्तो भयो, यता थोरै उता धेरै म आउँदिन ।’ उनले यसो भनेपछि हलभरि हाँसो फैलिएको थियो । हलको सिटमा बसेका उनी अगाडि गएनन् । तर हलमा सबैलाई हँसाए ।

हुन पनि नेपालमा पछिल्लो समय अवार्ड समारोहमा दर्शक नै नहुने समस्या छ । हालै जापानमा सम्पन्न भएको सूर्य इन्टरनेशनल अवार्डमा दर्शक नहुँदा कार्यक्रमकै बेइज्जत भएको थियो ।

यो मात्र होइन, नेपालमै हुने अवार्ड कार्यक्रममा पनि दर्शकको उपस्थिति न्यून देखिन्छ । किनकि, यहाँ अवार्ड ‘सेटिङ’ मा दिने गरिन्छ भन्ने आरोप आयोजकलाई लाग्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published.