Categories
अन्तरास्ट्रिय

यी हुन् बलिउड स्टार सलमानकी पहिलो गलफ्रेन्ड, जान्नुहोस् रोमान्चक प्रेम काहानी

एजेन्सी – बलिउडमा सदाबहार चर्चामा आइरहने चर्चित अभिनेता हुन् सलमान खान । हालसम्म धेरै नै सुपरहिट फिल्म खेलेका सलमानले सन् १९८९ को फिल्म बी हो तो ऐसी’ बाट बलिउडमा डेब्यु गरेका थिए । फिल्मबाटै १०० करोड बढी कमाउने सलमान बलिउडका एक लोकप्रिय अभिनेता हुन् ।

उनको हरेक फिल्मले बलिउडमा धमाका नै मच्चाएको हुन्छ । हरेक फिल्ममा फरक फरक अवतारमा देखिने गरेका सलमानलाई फिल्म खेल्न भ्याई नभ्याई हुन्छ । हाल ५० बर्ष कटेका सलमानले अहिलेसम्म बिबाह नगरेपनि उनी अझै निकै हेण्डसम छन् ।

उनको प्रेमको चर्चा गर्दा बलिउडमा आएपछी उनीसंग धेरै नै नायिकाको नाम जोडियो । तर अहिलेसम्म उनको बिबाह भने भएको छैन । तपाईलाई थाहा छ ? अभिनेता सलमान बलिउडमा प्रबेश गर्नुअघि उनको एक गलफ्रेन्ड थिइन् ।

कलेज समयमा उनको नायिका दिलिप कुमारकी भतिजि शाहीन जाफरीसंग प्रेम सम्बन्ध थियो । शाहीनलाई औधि मनपराउने सलमानले निकै चियाउथे । सलमानले कलेजको बाहिर घण्टौ शाहीनलाई कुर्थे । भनिएको छ की अभिनेता सलमानले शाहीनको घरमा दूध र ब्रेड समेत पुर्याउथे । यी दुईको एकअर्काकोे प्रेमबारे उनीहरुको घरपरिवारलाई पनि थाहा थियो ।

यी दुईको बिबाह बारे पनि चर्चा चल्न थाल्यो । तर सलमान भने पहिले फिल्ममा आफ्नो करियर शुरु गर्न चाहान्थे । यसैकारणले यी दुइबिचको प्रेम सम्बन्ध बिस्तारै हराउदै गयो । त्यस समय देखी हालसम्म बलिउडमा अभिनेता सलमानको नाम संगीता बिजलानी, सोमी अली, ऐश्वर्या राय बच्चन, कैटरीना कैफ र यूलिया वंतूरसंग जोडीदै आयो । तर ५० बर्ष काटिसक्दा समेत अभिनेता सलमानले अहिले सम्म बिबाह गरेका छैनन् ।

Leave a Reply

Your email address will not be published.