Categories
अन्तरास्ट्रिय

माहिरासँग पारस नजिकिँदा प्रेमिकालाई आपत्ति

मुम्बइ।‘आबडाकी डाबरा पारस छाबरा’ भन्दै बिगबोस–१३ मा ‘प्लेब्वाइ’ छवि बनाएका पारस माहिरा शर्मासँग नजिकिएका छन् ।उनीहरुको मित्रतालाई उनका प्रशंसकले पनि खुबै मन पराएका छन् । अनौठो त के भने, पारसकी प्रेमिका आकांक्षा पुरी बिगबोसको नियमित दर्शक पनि हुन् । अभिनेत्री समेत रहेकी आकांक्षाले पछिल्लो समय पारस र माहिराको भिडियोलाई लिएर कडा प्रतिक्रिया दिन थालेकी छन् ।

उनीहरुका हरेक भिडियो फुटेजमा आकांक्षाले आपत्ति जनाउन थालेकी छन् । यसअघि बिगबोसको फोरममा आएर आकांक्षाले पारससँग आफ्नो तीन वर्षयता सम्बन्ध रहँदैआएको खुलासा गरेकी थिइन् ।

पारस अचेल माहिरासँग नजिकिएपछि भने आकांक्षाले आपत्ति जनाउन थालेकी हुन् । उनले भनेकी छन्, ‘अहिले, मलाई शंका लाग्न थालेको छ कि, उसले त्यहाँ तीन महिनाका लागि खेल्दैछ वा मसँग तीन वर्षदेखि खेल्दैछ ! मेरो अनुमान मेरा लागि भारी बनेको छ । म अझै उसलाई बाहिर आएर कुरा नगरेसम्म पर्खन्छु । अहिले नै कुनै निश्कर्षमा पुग्न चाहन्नँ ।’

भारतीय मिडियाका अनुसार पारस र आकांक्षाले एकआपसको नामको ट्याटु शरीरमा खोपाएका छन् । बिगबोसको घरभित्र भने पारस र माहिरा पछिल्ला दिनमा खुबै नजिक भएका छन् ।माहिरालाई पारसले किस गरेको भिडियो फुटेज र फोटो पनि भाइरल नै बनाइएको छ ।

Leave a Reply

Your email address will not be published.