Categories
अन्तरास्ट्रिय

अक्षयले दिएको प्याजको गहना लगाइन् ट्वींकलले, उम्रन थाल्यो प्याज

एजेन्सी – बलिउडका चर्चित अभिनेता हुन् अक्षय कुमार । पछिल्लो समय फिल्म गुड न्यूज को प्रचार प्रसारमा ब्यस्त उनले केहि समय अघि आफ्नी पत्नी ट्वींकल खन्नालाई एक उपहार दिएका थिए ।

यसै फिल्मको प्रचारको लागी अक्षय कपिल शर्मा शो मा गएका छन् । उनले उक्त शो बाट घर आउदा उनले आफ्नी पत्नि ट्वींकललाई एक गिफ्ट ल्याइदिएका थिए । सुटिङ सकेर घर जादाँ आफ्नी पत्निलाई लगेको गिफ्ट थियो प्याजको गहना ।

अक्षयकी पत्निले उक्त गिफ्ट पाएपछी फोटो शेयर गर्दै खुशी ब्यक्त गरिन् । उनले हालै उक्त प्याजको गहना लगाएकी छिन् । उनले प्याजको गहना लगाएको फोटो शेयर गर्दै लेखेकी छिन् ‘खुसी छु कि मैले यो अमूल्य उपहार लगाउने अवसर पाएँ जो सुटिङकाट घर ल्याइएको थिए । यसअघि कि यिनीहरु उम्रन सुरु गरुन् ।’ उनले शेयर गरेको तस्बिरमा प्याज अम्रन पनी थालेका छन् ।

Leave a Reply

Your email address will not be published.