Categories
अन्तरास्ट्रिय

सलमान र सोनाक्षीको फिल्म ‘दबंग ३’ ले पहिलो दिन कति कमायो ? हेर्नुहोस्

एजेन्सी – बलिउड स्टार सलमान खान अभिनित फिल्म ‘दबंग ३’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । प्रभु देवाले निर्देशन गरेको यस फिल्मले सोचे भन्दा खासै राम्रो कमाइ गर्न सकेन ।

फिल्मले पहिलो दिनमा ४० करोडको व्यापार गर्ने अनुमान लगाइए पनि खासै राम्रो गर्न सबेन । भारतिय मिडियाका अनुसार यस फिल्मले पहिलो दिन २३ करोडको ब्यापार गरेको छ ।

सलमान र सोनाक्षी सिन्हाको मूख्य भुमिकामा रहेको यस फिल्मले दर्शकको मन जित्ने अपेक्षा गरिएको छ । पहिलो दिनमा खासै राम्रो ब्यापार नगरेपनि पछिल्लो दिनमा भने राम्रो ब्यापार गर्ने अनुमान लगाइएको छ ।

यस फिल्ममा सलमान खान चुलबुल पाण्डेको युवा अवस्था र वयस्क अवस्थाको भूमिका निर्वाह गरेका छन् ।फिल्ममा सलमान, सोनाक्षी सिन्हा र साइ माञ्जरेकर, माही गिल, टिनु आनन्द, सुदीप किच्चा, अरबाज खानलगायतका कलाकारको अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published.