Categories
समाचार

कुमारीपाटीमा नेपाली कला-संस्कृतिसहितको थ्रिडी रेष्टुराँ खुल्यो

काठमाडौं : ललितपुरको कुमारीपाटीमा नेपाली कला-संस्कृति झल्काउने थ्रिडी रेष्टुराँ सञ्चालनमा ल्याइएको छ। डेढ करोड रुपैयाँमा नेपालमै पहिलोपटक नेपाली कलाले सजाइएको पहिलो रेष्टुराँ खोलिएको यसका सञ्चालक सुन्दर विष्टले दावी गरेका छन्।

पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेत, गायक रामकृष्ण ढकाल, धीरज राई, नायिका निता ढुङ्गानालगायतले उद्घाटन गरेसँगै यो रेष्टुराँ शुक्रबारदेखी औपचारिक सञ्चालनमा आएको छ।

यो रेष्टुरामा थ्रिडी आर्ट गर्न मात्रै करिब पाँच महिनाको समय लागेको सञ्चालक विष्टले जानकारी दिए। रेष्टुराँको प्रवेशद्वारलाई नै नेपाल भ्रमण वर्ष-२०२० बारे जानकारी दिने कलाहरूले सजाइएको छ।

रेष्टुराँमा प्राङ्गारिक (अर्गानिक) परिकारका साथै थ्रिडी स‌ंगीतको व्यवस्था गरिएको छ। सांसद बस्नेतले यो रेष्टुराँ नाफामुखी मात्र नभई नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष-२०२० को प्रचारप्रसारमा समेत सहयोगी बनेकोमा खुशी व्यक्त गरे।

Leave a Reply

Your email address will not be published.