Categories
अन्तरास्ट्रिय

‘पंगा’मा आमा बनिन् कंगना

मुम्बई : बलिउड अभिनेत्री कंगना रनावट पछिल्लो समय फरकफरक भूमिका निर्वाह गरिरहेकी छन् । हालै उनी अभिनीत जय ललिताको बायोपिक फिल्म ‘थलाइवी’ को ट्रेलर रिलिज भएको थियो । अहिले कंगनाको अर्को फिल्म ‘पंगा’ को फस्र्ट लुक सार्वजनिक भएको छ । यो फिल्मको निर्देशन अश्विनी अड्ढयर तिवारीले गरेका हुन् ।

ऋचा चड्ढा, नीना गुप्ता, जस्सी गिल र पंकज त्रिपाठीले पनि फिल्ममा अभिनय गरेका छन् । कंगनाकी बहिनी रंगोलीले ‘पंगा’ को फस्र्ट लुक सेयर गर्दै लेखेकी छन्, ‘एक अभिनेत्रीका लागि सबैभन्दा ठूलो बेइज्जत त्यतिबेला हुन्छ जतिबेला आमाको भूमिकाका लागि अनुरोध गरिन्छ ।

तर मणिकर्णिकामा आमाको भूमिका सफल रूपमा निर्वाह गरेपछि उनी एक पटक फेरि आमाकै भूमिकामा देखिँदै छिन् । मूल धारी यी अभिनेत्री आफ्नो करियरको शिखरमा सगौरव आमाको रोल गरिरहेकी छन् । यो नयाँ भारत हो जसमा ‘पंगा’ मन पराइन्छ ।’ एजेन्सी

Leave a Reply

Your email address will not be published.