Categories
समाचार

महरा यी ४ कारणले अब छुट्दैनन !

बिबिसी नेपाली। उच्च अदालत पाटनले पूर्व सभामुख कृष्णबहादुर महरालाई थु ना मुक्त गर्न अस्वीकार गरेको छ। करणी प्रयास गरेको आरोपमा महरालाई जिल्ला अदालतले पुर्पक्षका निम्ति थुनामा राख्न आदेश दिएको थियो। उनी अहिले का’रागा’रमा छन्। उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको इजलासले उक्त निर्णय सदर गरेको उच्च अदालतले जनाएको छ।

महरा आफूवि’रुद्धको मु’द्दाको अन्तिम टुङ्गो नलाग्दासम्म थुनामा राख्ने जिल्ला अदालतको निर्णयलाई चुनौती दिँदै उच्च अदालत गएका थिए। थुना बाहिरै रहेर जिल्ला अदालतमा आफूवि’रुद्ध परेको मु द्दाको सामना गर्नु पाउनुपर्ने उनको माग थियो।

अदालतले रिहा गर्न नमान्नुको कारण

उच्च अदालतले महरालाई रिहा गर्न नमान्ने निम्न आधारहरू प्रस्तुत गरेको छ:

महराले आफू पी’डितको कोठा रहेको इलाकामा गएको तर निजसँग फोन सम्पर्क नभएपछि गल्लीबाटै फर्की आएको भनि आ’रोप अस्वीकार गरेको तर महरासँगै गएका काजिराम रानामगर समेतका सुरक्षाकर्मीले महरा पी’डि’तको कोठा भएको घरको गेटभित्र प्रवेश गरेर डेढ घण्टापछि मात्र फर्केको कागज गरेको।

१ – घट नापछि पी’डितले रुँदै आत्तिदै सभामुख महराले आफूलाई कुटपिट गरी जबरजस्ती करणी गर्न खोजेको भनी प्रहरी कन्ट्रोलको १०० नम्बरमा फोन गरेको र सोबारेमा महानगरीय प्रहरी वृत नयाँ वानेश्वरलाई जानकारी गराएको भनि ड्युटि अधिकृत प्रहरी सहायक निरीक्षक वीरबहादुर बोहराले कागज गरेको।

२ – पी’डितको कोठामा र’क्सी’को बो’त’ल, गिलास तथा बदाम भएको प्लेट रहेको तथा चस्माको फ्रेम र जुत्ताको तलुवा समेत भेटिएको भन्ने व्यहोराको घ’टनास्थल मुचुल्का, मौकामा बुझिएका उमा रेग्मी र अजयबाबु सिवाकोटी समेतका व्यक्तिहरूले पी’डि’तले आफू करणीमा परेको कुरा बताएको भनि कागज गरेको।

३ – घ टना पश्चात् पी’डित र प्रतिवादी महरा तथा महराका छोरा समेतबीच भएको एसएमएस संवाद र पीडितको शरिरका विभिन्न भागमा घा’उ, चो’ट, नी’ल’डा’म समेत देखिएको भन्ने पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन समेतका मिसिल प्रमाण।

४ – ‘ती आधारबाट जाहेरवालाले प्रतिवादीले आफूलाई कु’ट’पि’ट समेत गरी करणीको उद्योग गरेको भनी दिएको जाहेरी दरखास्त समर्थित हुन आएको समेतका तत्काल प्राप्त प्रमाणबाट हाल प्रतिवादी कसूरदार होइनन् भनि विश्वास गर्नुपर्ने अवस्था नदेखिएको’ इजलासको ठहर छ।

एक महिनामा टुङ्गो

साथै उच्च अदालतले ‘उक्त मुद्दा लगातार कारवाई र सुनुवाई गर्नुपर्ने प्रकृतिको भएको र पी’डितको बकपत्र समेत भइसकेको देखिएको’ उल्लेख गर्दै ‘एक महिनाभित्र मु’द्दाको कारवाई र किनारा लगाउन’ आदेश दिएको छ।

महरावि’रुद्ध क रणी प्रयास गरेको उ’जुरी दिएकी संसद्‍ सचिवालयमा कार्यरत एक कर्मचारीले पछि आफूलाई उजुरी गर्न लगाएको भन्दै अर्को निवेदन दिएकी थिइन्।

ती महिलाको आ’रोपपछि महराले सभामुख पदबाट राजीनामा दिएका थिए। ती महिलाले पछि औपचारिक रूपमा प्रहरीमा उजुरी दिएपछि महरालाई गिर’फ्ता’र गरिएको थियो।

Leave a Reply

Your email address will not be published.