Categories
राजनीतिक

प्रतिनिधिसभामा विद्या भट्टराईको पहिलो दिन (फोटोफिचर)

संघीय संसदको दुवै सदनको हिउँदे अधिवेशन आजदेखि सुरू भएको छ। कास्की-२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित विद्या भट्टराई पहिलो पटक बैठकमा सहभागी भएकी छन्।

साडी लगाएर ग्रे कोटमा सजिएकी विद्यालाई सांसदहरूले बधाई दिँदै स्वागत गरेका थिए। संसद भवन परिसरमा उनी खुसी मुद्रामा देखिन्थिन्। उनले केही सांसदसँग फोटो समेत खिचाइन्। उनलाई गत मंगलबार उपसभामुख शिवमाया तुम्बाहाम्फेले सिंहदरबारस्थित कृषि समितिको हलमा सपथ खुवाएकी थिइन्।

भट्टराई गत मंसिर १४ गतेको प्रतिनिधि सभाको उपनिर्वाचनमा कास्की-२ मा कांग्रेस उम्मेद्वार खेमराज पौडेललाई ८ हजार मतान्तरले पराजित गरेर सांसद चुनिएकी थिइन्।

भट्टराईले २४ हजार ३ सय ९४ मत र खेमराजले १५ हजार ९ सय ९१ मत ल्याएका थिए। भट्टराईका श्रीमान् पूर्वमन्त्री रवीन्द्र अधिकारीको गत फागुनमा हेलिकप्टर दुर्घटनामा परी निधन भएको थियो।

हेर्नुस् तस्बिरहरू :

Leave a Reply

Your email address will not be published.