एजेन्सी : भुइँचालो पृथ्वीमा मात्र जाँदैन। चन्द्रमामा पनि जाने अमेरिकाको नेसनल एयर स्पेस म्युजियमले जानकारी दिएको छ। यतिबेला चन्द्र सतहमा चकम्प (चन्द्रमा कम्प) अर्थात भुइँचालो गइरहेको छ।
म्युजियमका अनुसार चन्द्रमाको भित्री सतह चिसिँदै गएकाले खुम्चिँदै गएको छ। अहिलेसम्म चन्द्रमा ५० मिटरजति खुम्चिसकेकाले नै त्यहाँ चकम्प अर्थात भुइँचालो गइरहेको म्युजियमले जनाएको छ। केही चकम्प ५ रिक्टर स्केलसम्मका पनि छन्।
म्युजियमका वैज्ञानिक टमस वेटर्सका अनुसार चन्द्र सतह खुम्चिँदा त्यहाँ पनि फल्ट (धाँजा) बनिरहेका छन्। एउटा सतह अर्कोमाथि खप्टिइरहेका छन्। यसबाट तीव्र गतिमा चकम्प आइरहेको उनको भनाइ छ। यस्ता फल्ट भ¥याङजस्तै छन्। कुनै कुनै त १० मिटरसम्म अग्ला छन्। यी कैयौं किलोमिटर क्षेत्रमा फैलिएका छन्।
वेटर्सले चन्द्रमाका अपोलो अभियान ११, १२, १४, १५ र १६ ले चन्द्र सतहमा सिस्मोमिटर्स राखेको बताए। त्यसबाट पाएको तथ्यांक अध्ययन गर्दा चकम्पबारे पत्ता लागेको हो। नासाले पठाएको लुनार स्पेसक्राफ्ट (एलआरओ) ले फल्टबारे सटिक जानकारी पठाउँछ। रिपोर्ट नेचर जियोसाइन्स जर्नलमा प्रकाशित छ।
काठमाडौं : गर्मीबाट बच्न कारमा एसी आवश्यक भइसकेको छ। गाडीमा एसी राखेर मात्र गर्मीबाट उन्मुक्ति मिल्लेवाला छैन। कार उत्पादक कम्पनी सेवाग्राहीलाई सुविधा दिन स्वचालित वा अटो क्लाइमेट कन्ट्रोल एसी दिइरहेका छन्। तर, एसीको ख्याल भने सेवाग्राहीले नै राख्नुपर्ने हुन्छ।
यो पनि हेर्नुहोस
अटो क्लाइमेट कन्ट्रोल
यदि तपाईको कारमा अटो वा अटो क्लाइमेट एसी छ भने गाडी स्टार्ट गर्दा एसीको गति घटाउनुपर्छ। कारले रफ्तार लिँदा एसीको गति स्वाचलित रूपमा बढ्ने गर्छ। यसो गर्दा पर्याप्त चिसो मिल्नुका साथै एसीमा लोड पर्दैन।
घाममा गाडी
यदि गाडी धेरै समयसम्म घाममा राखिएको छ भने एसीको गति बढाएर झ्याल खोलेर केही समय गाडी चलाउनुपर्छ। चिसो हावा आउन सुरु भएपछि झ्याल बन्द गर्दा हुन्छ।
धेरै गर्मी हुँदा
कारको भित्री भागमा पर्याप्त मात्रामा हावा पस्न नपाउँदा क्याबिनबाट तातो हावा निस्किन्छ। तातो हावा बाहिर निकाल्न झ्याल थोरै खुला राख्नुपर्छ। एसीले तातो हावालाई बाहिर फाल्ने काम गरे पनि बेहतरिन कुलिङ मिल्छ।
सर्कुलेसन मोड
कार स्टार्ट गर्नेबित्तिकै सर्कुलेसन मोड अफ गर्दा तातो हावा भेन्टिलेसनबाट बाहिर पर्छ। चिसो हावा प्रवाह हुनेबित्तिकै रिसर्कुलेसन मोड अन गर्ने। यसले क्याबिनबाट चिसो हावा सर्कुलेसन हुन्छ।