Categories
ताजा समाचार

प्राइम बैंकले १६ प्रतिशत बोनस दिने

काठमाडौं । प्राइम कमर्सियल बैंकले आफ्ना शेयरधनीलाई १६ प्रतिशत बोनश सेयर दिने भएको छ । त्यसका लागि बैंकले आगामी पुस २५ गते १२ औं वार्षिक साधारण सभा गर्ने छ । बैंकले चुक्ता पुँजीको १६ प्रतिशत अर्थात् १ अर्ब ५४ ९८ लाख रुपैयाँको बोनश सेयर वितरण गर्न लागेको हो ।

बैंकको चुक्ता पुँजी ९ अर्ब ३१ करोड ८६ लाख रहेको छ । बैंकले आर्थिक वर्ष २०७५–७६ मा २ अर्ब १९ करोड ८७ लाख खुद नाफा गर्न सफल भएको थियो ।साधारण सभाले कैलाश विकास बैंकलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पनि पारित गर्ने छ ।

बैंकले साधारण सभा प्रयोजनका लागि पुस १४ गते बुक क्लोज गर्ने जनाएको छ । पुष १३ गतेसम्म बैंकको सेयर सुरक्षित गर्नेले वोनश सेयर प्राप्त गर्नेछन् ।

भारतमा प्रहरीको गोलीबाट तीनको मृत्यु, इन्टरनेट सेवा बन्द !

नयाँ दिल्ली । भारतमा ल्याइएको नागरिकता संशोधन ऐनको विरुद्धमा आन्दोलन झन् झन् चर्किँदै गइरहेको छ । यसैक्रममा बिहीबार वामपन्थी दलहरुले भारत बन्दको घोषणा गरेकोमा प्रहरीको गोली लागेर तीन जनाको मृत्यु हुनुका साथै सयौं मानिसहरु पक्राउ परेका छन् ।

वामपन्थी घटकहरुलाई अन्य विभिन्न पक्षले समर्थन गरेका थिए ।

adadad
विरोध प्रदर्शनका क्रममा सरकारले राजधानी दिल्लीसहित उत्तर प्रदेश र कर्नाटकमा संविधानको धारा १४४ लगाइदिएको छ ।

यो धारा अन्तर्गत चारजना भन्दा बढी मानिसलाई भेला हुन निषेध छ ।

देशका थुप्रै भागमा इन्टरनेट सेवा बन्द गरिएको छ भने राजधानी दिल्लीका कैंयौं मेट्रो स्टेशन हिजो बन्द गरिएको थिए ।

नयाँ नागरिकता कानुनमा पाकिस्तान, बंगलादेश र अफगानिस्तानबाट आउने गैरमुश्लिम प्रवासीलाई भारतको नागरिकता दिने प्रावधान राखिएको छ । यसका आलोचकहरुले यो कानुनले भारतको धर्म निरपेक्षताको छबिमा असर गर्ने जनाउँदै आएका छन् ।

यद्यपि प्रधानमन्त्री नरेन्द्र मोदी र गृह मन्त्री अमित शाहले यो आरोप गलत भएको बताउँदै आएका छन् ।

तर, विपक्षी र स्वतन्त्र नागरिकले पनि यो कुरा पत्याएका छैनन् । पीटीआईका अनुसार प्रहरीको फायरिङ्गमा कर्नाटका र मंगलगुरुमा दुईजनाको मृत्यु भएको छ । मंगलगुरुमा अहिले कर्फयु लगाइएको जनाइएको छ । अर्का एक व्यक्तिको मृत्यु लखनउमा भएको छ ।

Leave a Reply

Your email address will not be published.