Categories
समाचार

रोचक खुलासा, बालेनले केशव स्थापितलाई बुवा र सृजना सिंहलाई आमा भन्नुको रहस्य यस्तो पो !

लौरो चिन्ह लिएर स्वतन्त्र उमेदवार बनेका बालेन शाह भारी मतान्तरले देशकै राजधानी रहेको काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित भए पछि सर्वत्र उनकै चर्चा चलिरहेको छ । उनका बारेमा रोचक खुलासाहरु पनि भइरहेका छन् ।

विपक्षीलाई चर्को स्वरले गाली नगरी, ठूलो तडकभडक र खर्च नगरि चुनाव जितिँदैन भन्ने मान्यतालाई बालेनको जितले भत्काइदिएको छ । कसैलाई गाली नगरी नम्र कुरा गरेर पनि चुनाव जित्न सकिन्छ भन्ने मानक पनि उनले स्थापित गरेका छन् ।

काठमाडौँ महानगरपालिकामा नेकपा एमालेले मेयरको उमेदवार बनाएका केशव स्थापितले एक पटक बालेनलाई ठग भनेर रुखो आलोचना गरे बालेन रिसाएनन् बरु उनले ढुंगाको जवाफ पूmलले दिए । बालेनले मिठो स्वरमा स्थापितले आफ्नो ब्राण्ड एम्बासडरको काम गरेको भनेर जवाफ दिए, स्थापितलाई बुवा भनेर सम्बोधन गरे ।

चुनावी दौरानभरिनै बालेनले कहिल्यै रुखो र छुच्चो बोलेनन् केशव स्थापितलाई बुवा र गठबन्धनको तर्फबाट उमेदवार बनेकी सृजना सिंहलाई उनले आमा भनेर सम्बोधन गरे । यसो गर्दा उनी प्रति जनताको सहानुभूती झनै बढ्यो । स्थापितलाई बुवा र सिंहलाई आमा भनेर सम्बोधन गर्ने आइडिया भने बालेनले आफ्ना गुरुबाट पाएका रहेछन् ।

कांग्रेसबाट धमाधम राजीनामा

स्थानीय तहको निर्वाचनमा कांग्रेसले सबैजसो स्थानमा पराजय भोगेपछि नेपाली कांग्रेसका नेताहरुले धमाधम राजीनामा दिन थाल्नुभएको छ ।

पराजयको कारणमा जिल्ला नेतृत्व दोषी देखिएको दाबी गर्दै नगर तहका नेताले राजीनामा दिनुभएको हो ।

देवचुली नगरपालिकाका पार्टी सभापति डिल्लीराम कडरिया र कावासोती नगरपालिकाका सचिव विनोद रानामगरले राजीनामा दिनुभएको हो ।

रानाले दिएको राजीनामा पत्रमा स्थानीय तहको निर्वाचनमा पार्टीले लज्जास्पद हार ब्यहोरेका कारण पदमा बसिरहन उपयुक्त नदेखिएको बताउनुभएको छ ।कावासोती र देवचुली नगरपालिकामा उम्मेदवार नमिलेकै कारण पार्टीले पराजय भोग्नुपरेको उहाँहरुले राजीनामा पत्रमा उल्लेख गर्नुभएको छ । अन्य वडा र प्रदेश कमिटीमा रहेका सदस्यले पनि राजीनामा दिनुभएको छ ।

पार्टीको केही महिनाअघि सम्पन्न निर्वाचनमा सर्वाधिक मत ल्याएर कावासोती नगर सचिव चुनिनुभएका राना स्थानीय तहको निर्वाचनमा वडा १३ मा वडाध्यक्षको उम्मेदवार भएर पराजित हुनुभयो । उहाँ २०७४ मा निर्वाचित वडाध्यक्ष हुनुहुन्छ ।

त्यसैगरी देवचुली नगरपालिकाका पार्टी सभापति डिल्लीराम कडरियाले जिल्लाभरी कांग्रेसले नराम्रो पराजय भोगेको थियो ।

उहाँले देवचुलीमा कांग्रेसका लज्जास्पद हारका पछाडि जिल्ला नेतृत्वको मुख्य हात रहेको दाबी गर्नुभयो । पार्टी जिल्ला नेतृत्वले जनमत नभएका व्यक्तिलाई खोजीखोजी टिकट दिएको र पराजय भोग्न परेको उल्लेख राजीनामा पत्रमा छ ।

पूर्वी नवलपरासीको ८ स्थानीय तहमध्ये ६ वटामा कांग्रेस पराजित भएको छ ।

यहाँको विनयी त्रिवेणी र बुलिंटार गाउँपालिकामा कांग्रेसकै अन्तर्घातका कारण पराजित भएको नेताहरुको भनाई छ ।

२०७४ मा ६ पालिकामा बहुमतसहित मुख्य पदमा कांग्रेस निर्वाचित भएको थियो । यसपटक हुप्सेकोट र गैंडाकोट नगरपालिकामा मात्र कांग्रेस बहुमतसहित विजयी भएको छ । अन्य ६ वटा पालिकामा पराजित भएको छ ।

Leave a Reply

Your email address will not be published.