Categories
ताजा समाचार

बुवा वि*तेको छ महिना नपुग्दै आमा क्या*न्सरले सिकि*स्त, पाँच नाबालकको बि*चल्ली (भिडियो हेर्नुस्)

लम्की, पुस ३ गते । कैलालीको घोडाघोडी नगरपालिका ४ सिम्थरी पश्चिमखेतका ४५ बर्षिया जौमती रोकया थला परे पछि उनका ६ महिनाको दुधेबालक सहित पाँच सन्तानको विचल्ली भएको छ । क्यान्सर पिडित रोकया ७ महिना देखि उपचारको अभावमा घरमै थला परेकी छन् । आर्थिक अवस्था कमजोर रहेको उनको परिवारमा श्रीमानले भारतमा मजदुरी गरी परिवार पाल्दै आएका थिए । गत साउनमा रोजगारीकै क्रममा भारतमा उनको निधन भएपछि घरको आम्दानीको स्रोत पनि बन्द भएको छ ।

३ कट्ठा ऐलानी जग्गा र सानो खरको झुपडी बाहेक सम्पति नरहेको जौमतीका १३, १०, ६ बर्ष र ६ महिनाका तीन छोरा र एक छोरी रहेका छन् । आमा थला परेपछि घरको कामकाज देखि भाई बहिनी र आमाको रेखदेख समेत जेठा छोरा लोकराज रोकयाले गर्ने गरेका छन् ।

कक्षा ८ मा अध्ययनरत् लोकराजले आफूले जानी नजानी खाना पकाउने खुवाउने घरको सरसफाई गर्ने गरेको बताए । पानीको समस्या समेत रहेको उक्त गाँउमा पानी ल्याउन १५ मिनेट टाढा पुग्नुपर्ने समस्या छ । पुसको जाडोमा खाली गुन्द्री माथि पातलो कम्बलले रात काट्ने रोकयाको परिवार यतिखेर निक्कै कष्टकर जीवन विताईरहेको छ ।

६ महिने बालकलाई जौमतीको देउरानी तुलीदेवी रोकयाले ४ दिनदेिख आफूले घरमा लगेको बताइन् । दिदीले स्याहार्न नसकेपछि बच्चाले साह्रै दुःख पाएको देखेपछि आफूले घरमा पाउडर दूध खुवाएर पालेको बताइन् । चिसो र आमाको दूध खान नपाएपछि बच्चा रातभर रुने गरेको समेत तुलीदेवीले बताएकी छन् ।

पिडित परिवारलाई ईकोड्स नेपाल र सुनौलो घोडाघोडी समाजको सहयोग

जौमतीको परिवारका वारेमा विभिन्न संचारमाध्यम र सामाजिक संजालबाट जानकारी पाएपछि घोडाघोडी नगरपालिकाबासी हाल भारतको बैंग्लोरमा रोजगारीका लागि गएका नेपाली दाजुभाईहरुद्धारा संचालित सुनौलो घोडाघोडी समाजको पहलमा संकलन भएको सहयोग रकम बुधवार जौमतीको परिवारमा हस्तान्तरण गरिएको छ ।
समाजका कोषाध्यक्ष जीबन रीजालले आठ हजार नगद वडा अध्यक्ष टेक बहादुर बुढाको रोहवरमा हस्तान्तरण गरेका छन् ।

त्यसैगरी बातावरण संरक्षण तथा विकाशिल समाज (ईकोड्स नेपाल) ले काठमाडौंमा संकलन गरेको सहयोग रकमबाट न्यानो कपडा ज्याकेट,सुरवाल,मोजा,टोपी कम्बल गरि पाँचहजार बरावरको कपडा खरिद गरि परिवारलाई सहयोग गरेको छ । चाँदनी आचार्यले गोरखापत्रका लागि लेखेको समाचार साभार गरिएको हो ।

Leave a Reply

Your email address will not be published.