Categories
समाचार

एम्बुलेन्स घरभित्र पसेपछि सुतिरहेका एक वृद्धाको मृ”त्यु

सिन्धुपाल्चाेक । लामोसाँघु–जिरी सडकखण्डको दुईकिलोमा एम्बुलेन्स दुर्घटनामा परी एक वृद्धाको मृत्यु भएको छ । गए राति खाडीचौर बचत तथा ऋण सहकारी संस्थाद्वारा सञ्चालित बा२०च ६३२७ नंको एम्बुलेन्स दुर्घटनामा परेको हो ।

दुर्घटनामा सुनकोसी–७ की ८९ वर्षीया मनमाया खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । एम्बुलेन्स दुर्घटनामा परी सडक छेउको घरमा पसेपछि खड्काको मृत्यु भएको हो । एम्बुलेन्स सडकमा अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

काठमाडौं। भारतीय अभिनेता सलमान खान यही जेठ १४ गते काठमाडौं आउने कार्यक्रम तय भएको थियो ।तर, अन्तिम समयमा आएर उनको कार्यक्रम स्थगित् भएको जानकारी आएको छ । सलमानका नेपालथित् फ्यान अहिले निराश छन् । खान काठमाडौंमा प्रस्तुत गर्ने भनिएको कन्सर्टमा सहभागी हुन नेपाल आउने चर्चा थियो ।

उनको नेपाल आगमनको लागि नेपाल सरकारका पर्यटनमन्त्री प्रेम आले नै सक्रिय भएका थिए । उनीहरुबीच फोन भिडिओमार्फत कुराकानी पनि भएको थियो । सलमानको काठमाडौंमा हुने भनिएको कार्यक्रमको आवश्यक तयारीका लागि उनका भाइसमेत काठमाडौं आएका थिए । उनले पनि पर्यटनमन्त्री आलेसँग भेटवार्ता गरेका थिए ।

दबंग टुर रिलोडेडका लागि सलमान ओडीसी इन्टरटेनमेन्टको आयोजनामा हुने कार्यक्रमका लागि नेपाल ल्याउने भनिएको थियो । तर, सलमान सहभागी हुने कार्यक्रमको टिकट पनि उत्साहजनक रुपमा वितरण नभएको बुझिएको छ । अहिलेसम्म ७ लाख रुपैयाँको मात्रै टिकट वितरण भएको स्रोतको दाबी छ ।

कार्यक्रम केरकति कारणले स्थागित भएको हो भन्नेबारे आयोजकले आधिकारिक रुपमा जानकारी नदिएपनि उनी सहभागी कार्यक्रममा टिकट राम्रोसँग विक्रि नहुनु, कार्यक्रमको लागि नेपाल ल्याउने भनिएको सामान भन्सारमा रोकिनु आदी रहेको बुझिएको छ । आयोजकले सलमान सहभागी हुने उक्त कार्यक्रमबाट ८ देखि ९ करोड रुपैयाँ उठ्ने विश्वास लिएको थियो ।

उक्त कार्यक्रमको प्रचारप्रसारको लागि आयोजकले अहिलेसम्म २ करोड रुपैयाँ खर्च गरिसकेको पनि बुझिएको छ । आयोजकले सलमानलाई ४ करोड ४० लाख खर्चिएर नेपाल ल्याउन लागेको थियो । त्यसवापत आयोजकले खानलाई ३ करोड ८० लाख रुपैयाँ अग्रिम भुक्तानी गरिसकेको आयोजक संस्थाका एक सदस्यले जनाए ।

Leave a Reply

Your email address will not be published.