एजेन्सी। साउदी अरेबियाकी पहिलो महिला सिइओ विश्वभरका शक्तिशाली १ सय महिलाको फोर्ब्स सूचीमा परेकी छन् ।साम्बा फाइनान्सियल ग्रूपको सिइओ रनिया नाशरलाई फोब्र्सले दोस्रो पटक शक्तिशाली सूचीमा राखेको हो । १ सय महिलामध्ये उनी यसपटक ९७औं लिस्टमा परेकी हुन् ।
शक्तिशाली महिलाको पहिलो नम्बरमा १६ वर्षीया ग्रेटा थम्बर्ग छिन् । ग्रेटा जलवायु परिवर्तन अभियन्ता हुन् । यस सूचीमा यूएइका राजा एसा अल गर्ग ८४औं नम्बरमा छिन् । जर्मन चान्सलर एन्जेला मर्केल भने १० उत्कृष्टमा परेकी छन् ।
अन्य समाचार
बाराक ओबामाले भव्य घर किनेर डिसीबाट बसाइँ सरे
अमेरिकाका पूर्व राष्ट्रपतिको बाराक ओबामाको परिवार म्यासाचुसेट्सको मार्थाज् भेनियार्डका स्थायी बासिन्दा भएका छन्। ओबामाले भेनियार्डमा झण्डै १२ मिलियन अमेरिकी डलरमा सुविधा सम्पन्न घर किनेका छन्।
ओबामा परिवारले म्यासाचुसेट्स राज्यको ड्युक्स काउन्टीमा पर्ने पर्यटकिय केन्द्र मार्थाज् भेनियार्डको एड्गरटाउनमा ३० एकड जमिनमा फैलिएको सुविधा सम्पन्न घर किनेका हुन्।
उनीहरुको घर सात बेडरुमसहितको घर ६ हजार ८९२ स्क्वायर फुटमा फैलिएको छ। यो घरलाई उनीहरुले ११.७५ मिलियन अमेरिकी डलर तिरेका हुन् । सन् २००१ मा निर्माण भएको सो घर ओबामाले विक्लेफ ग्रोसबेक र कोरिन बास्लर ग्रोसबेकबाट किनेका हुन्।
सन् २०१५ देखि बेच्नका खोजिएको सो घरको मूल्य सुरुमा २२.५ मिलियन अमेरिकी डलर कायम गरिएको थियो ।तर यो वर्ष घरको मूल्य दुई पटक घटाइएको थियो। गएको जुनमा १६.२५ मिलियन कायम गरिएको घरको मूल्य जुलाईमा थप घटाएर १४.८५ मिलियन कायम गरिएको थियो ।
ओबामाले गएको बुधबार दिउँसो घर किन्ने प्रक्रिया पूरा गरेका हुन्। ओबामा परिवारले सो घर गएको समरमा केही हप्ताका लागि भाडामा लिएका थिए। त्यस बेलादेखि नै उनीहरुले सो घर किन्न चाहेको चर्चा हुँदै आएको थियो ।
ओबामालाई घर बेचेका ग्रोसबेकले सन् १९९८ मा त्यहाँको जमिन ३.१ मिलियन डलरमा किनेको तथ्यांक छ । ओबामा परिवारले बाराक ओबामा राष्ट्रपति रहेका बेला लामो समय अहिले घर किनेको आइल्याण्डमा बिताएका थिए । उनीहरुको अति प्रिय स्थानमा पर्छ सो आइल्याण्ड ।