Categories
ताजा समाचार

मतगणनाका कर्मचारीको साथबाट स्वस्तिक छाप र मोबाइल फेला, दुई राउन्ड हवाई फायर !

इलाम । मतगणनाको क्रममा इलामको देउमाई नगरपालिकामा तनाव भएको छ । गणनामा बसेको कर्मचारीको गोजीबाट स्वस्तिक छाप र मोबाइल फोन फेलापरेपछि तनाव सुरु भएको हो ।

विवादले उग्ररुप लिएपछि झडपको अवस्था आएको हो । विवाद हुँदा प्रहरीले दुई राउन्ड हवाई फायर गरेको छ ।

आक्रोशित भिडले नगरपालिकाको कार्यालय पनि तोडफोड भएको छ । केही म्यादी प्रहरी घाइते भएका छन् भने गठबन्धन दलका नेता कार्यकर्ताले पुन: मतदानको माग गरेका छन् ।

यो पनि
निर्विरोध र निर्वाचित गरी नेकपा एमालेले ४ स्थानीय तहको प्रमुख जितेको छ । नेपाली कांग्रेसले २ स्थानीय तहमा प्रमुख जितेको छ । त्यस्तै नेकपा एसले डोल्पाका २ गाउँपालिकामा निर्विरोध प्रमुख जितेको छ ।

नेकपा एमालेले प्रमुख जितेका स्थानीय तह : १. से फोक्सुण्डो गाउँपालिका – डोल्पा २. चामे गाउँपालिका – मनाङ ३. ङिस्याङ गाउँपालिका- मनाङ ४. घेकर दामोदरकुण्ड गाउँपालिका – मुस्ताङ।

नेपाली कांग्रेसले प्रमुख जितेका स्थानीय तह : १. नार्पाभूमी – मनाङ २. घरपोझोङ – मुस्ताङ ।

नेकपा एकीकृत समाजवादीले प्रमुख जितेका स्थानीय तह : १.काइके गाउँपालिका – डोल्पा २. छार्का साङतोङ गाउँपालिका – डोल्पा ।

हिजो ३० गते सम्पन्न निर्वाचनको नतिजा आउनेक्रम शुरु भईसकेकोछ ।

Leave a Reply

Your email address will not be published.