Categories
ताजा समाचार

फेरि लिए बालेन साहले अग्रता ,कस्को कति ?

काठमाडौं -महानगरपालिकामा ३०० मत गन्दा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले ७२ मत ल्याएर अग्रता लिएका छन्।

दोस्रोमा कांग्रेसकी सिर्जना सिंहले ७० मत पाएकी छन् भने तेस्रोमा रहेका एमालेका केशव स्थापितले ५९ मत ल्याएका छन्।

वडा नम्बर १ र ३२ बाट मतगणना सुरू भएको छ। अहिलेसम्म वडा नम्बर ३२ मा २०० मत र वडा नम्बर १ मा १०० मतको गणना सकिएको छ।

अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले १३ मत पाएका छन् भने राप्रपाका मदनदास श्रेष्ठले ८ मत ल्याएका छन्।

मतगणना जारी छ। काठमाडौं महानगरपालिको मतगणनामा ढिलाइ भइरहेको छ । मतगणना सुरू भएको साढे दुई घण्टा बितिसक्दा पनि ७५ मत मात्र गणना हुन सकेको छ । बिहान ९ः५५ बजेटबाट सुरू भएको मत गणनामा वडा नम्बर १ र ३२ वडाको एकैसाथ भइरहेको छ ।

काठमाडौं महानगरपालिका धेरै उम्मेदवार भएकाले मत गणना गर्न धेरै समय लागिरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । काठमाडौं महानगरपालिकाको मेयर पदका लागि मात्रै ५४ जनाले उम्मेदवारी दिएका छन् ।

त्यस्तै उपमेयरका लागि ३० जनाको उम्मेदवारी परेको छ । जसले गर्दा मत गणनामा समय लागिरहेको सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले जानकारी दिए ।

बिहान ८ बजेदेखि मतगणना गर्ने भनिएको थियो । तर, स्वतन्त्र उम्मेदवारको तर्फबाट प्रतिनिधि राख्ने विषयमा कुरा नमिलेपछि झण्डै १० बजेबाट मात्रै मत गणना सुरु भएको थियो ।

काठमाडौँ महानगरको मतगणना को ताजा अवस्था:
बालेन: ५५
काँग्रेस: ३८
एमाले: ३२
राप्रपा: ८
सायमी: १३

Leave a Reply

Your email address will not be published.