काठमाडौं। काठमाडौं महानगरपालिकामा मेयरको पेचिलो प्रतिस्पर्धा भइरहँदा उपमेयरमा भने एमालेकी सुनिता डंगोलले फराकिलो अन्तरालमा लिड गरेकी छन् ।प्राप्त विवरण अनुसार ७५ भोटको गणना सकिँदा सुनिताले ५२ मत ल्याएकी हुन् । यो दुईतिहाइभन्दा बढी हो ।
उपमेयरका अन्य उम्मेदवारको मत संख्या प्राप्त भएको छैन ।काठमाडौंको मतगणना सुस्त गतिमा भइरहेको छ । एउटै मत गन्न १० मिनेटजति लाग्ने बताइएको छ ।काठमाडौं। काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिएका छन् ।
काठमाडौंको राष्ट्रियसभा गृहमा भइरहेको मत गणनामा ७५ मत गन्दा बालेनले २२, नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १८, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १३ र राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ३ मत पाएका छन् ।
अहिले काठमाडौं महानगरपालिकाको वडा नं १ र ३२ को मतगणना भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।