Categories
ताजा समाचार

काठमाडौंमा एउटा मतपत्र गन्न २० मिनेट !

३१ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणनामा ढिलाइ भएको छ । मतगणना सुरु भएको करिब एक घण्टामा सातवटा मात्र मतगणना भएको छ ।

निर्वाचन अधिकृतको कार्यालय स्रोतका अनुसार एउटा मतपत्रको मत गणना गर्न २० मिनेटसम्म लागेको छ ।

महानगरपालिकामा धेरै उम्मेदवार रहेका कारण गणना गर्न धेरै समय लागेको हो । काठमाडौं महानगरपालिकामा मेयरका उम्मेदवार मात्र ५० जना रहेका छन् ।

मतपेटिका ल्याउँदै गरेको निर्वाचनको टोलीमाथि आक्रमण

हुम्ला । हुल्लामा मतपेटिका ल्याउँदै गरेको निर्वाचनको टोलीमाथि आक्रमण भएको छ ।

हुम्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत श्यामबाबु रानाका अनुसार चंखेली गाउँपालिका–६ को हिमालय माध्यमिक विद्यालयको मतपेटिका ल्याउँदा टोलीमाथि आक्रमण भएको हो ।

रानाका अनुसार अनुसार हुम्लामा दुई मतदान केन्द्रको मतदान स्थगित भएको छ । जिल्लाको सर्केगाड गाउँपालिका–७को कोट माध्यमिक विद्यालय रोडीकोट मतदान केन्द्रमा दलका कार्यकर्ताबीच लफडा भएपछि मतदान स्थगित भएको छ ।

अपरान्ह चार बजेतिर लफडा भएको हो । यस्तै खार्पुनाथ गाउँपालिकाको मालिका माध्यमिक विद्यालय लालीमा दिउँसोदेखि मतदान भएको छैन ।

मतदान केन्द्रमाथिबाट ढुंगामुढा भएपछि त्यहाँ लफडा भएको हो । उहाँका अनुसार हुम्लामा दुई निर्वाचन अधिकृत घाइते भएका छन् ।

बिहानैदेखि विभिन्न स्थानमा झडप भएकाले सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउनका लागि सुर्खेतदेखि हेलिकप्टरबाट आर्मीको टोली खटाइएको छ । जिल्लाभर अहिलेसम्म ६५ प्रतिशत मत खसेको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.