Categories
ताजा समाचार

चार्चित गायिका मान्डवी त्रिपाठीले ल्याइन देउडा गीत चलन चलिया । (भिडियो सहित )

काठमाडौँ । नेपाल भ्रमण वर्ष नजिकिँदै गर्दा कर्णाली तथा सुदूरपश्चिमका पर्यटकीय क्षेत्र र कला सँस्कृति चिनाउने देउडा गीत सार्वजनिक भएको छ ।स्वर्णिम शाहीले आफ्नै शब्द र संगीतमा ‘चलन चलिया’ बोलको देउडा गीत आइतबार सार्वजनिक गरेका हुन् । सो गीत गाउन स्वर्णिमलाई माण्डबी त्रिपाठीले साथ दिएकी छन् ।

कर्णाली र सुदूरपश्चिमका जिल्लाका विशेषता तथा त्यहाँका धार्मिक एवम् पर्यटकीय क्षेत्रको वर्णन देउडा भाकामा गरिएको छ । पश्चिम नेपालको कला, संस्कृति र पर्यटनको एकसाथ पहिचान दिने उद्देश्यले ‘चलन चलिया’गीत ल्याएको शाहीले बताए ।

कुशल म्युजिक प्रा.लि.ले बजारमा ल्याएको यो गीत विशेष फिल्मस् युट्युबमार्फत सार्वजनिक गरिएको हो । गीतको म्युजिक भिडियोमा शाहीसँगै मोडल रोजी कुँवरले साथ दिएकी छन् ।

शाही जनयुद्धको समयमा बाल कलाकार थिए । कालिकोटको पचाल झरना गाउँपालिका-९ निवासी शाही २०५७ सालमा १४ वर्षको कलिलो उमेरमै जनयुद्धमा पूर्णकालीन भएका थिए ।

शाहीका एक दर्जन गीतहरु रेकर्ड भइसकेका छन् । उनको गीत चर्चित गायीका अन्जु पन्तलगायतले गाएका छन् ।

 

गायक सुन्दर परियार र गायिका सर्मिला गुरुङको आवाजमा ”बालिङ त्रियासी ” भिडियो सहित ।

नेपाली लोकदोहोरी गीत संगीतमा मैलिक सिर्जनाहरु बजारमा कम मात्रामा आइरहेको अवस्थामा गायक सुन्दर परियार र गायिका सर्मिला गुरुङको आवाजमा ”बालिङ त्रियासी ” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ  । मायालुको यादमा जिवन विताउने प्रेमी प्रेमिकाको जिवन भोगाईलाई मौलिक रुपमा गीतमा प्रस्तुत गरिएको छ । सुन्दर परियारको शब्द तथा राम चन्द्र चन्दको लय सिर्जनामा गीत निमार्ण गरिएको छ । मौलिक भावहरु र जिवनका बास्तविक भावनाहरु गीतमा ब्यतm गरिएको कारण आम दर्शक तथा स्रोताले मन पराउनेमा आफु आशावादी रहेको गायकले बताए  । ताजेन्द्र खड्काको छायाँकन तथा सम्पादन भिडियोमा रहेको छ  ।”बालिङ त्रियासी ”गीतको भिडियोमा सुरज पर्वत छिनाल , सुन्दर , सम्झना र जस्मिनको निकै लोभलाग्दो अभिनय रहेको छ ।
”बालिङ त्रियासी ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस  ।

Leave a Reply

Your email address will not be published.