Categories
ताजा समाचार

फेसबुक र गुगललाई यस्तो नयाँ कानुन मान्न दबाब

अस्ट्रेलियाले प्रविधि क्षेत्रका ठूला कम्पनी फेसबुक र गुगललाई नयाँ कानुन पालना गर्न भनेको छ । उनीहरूले बजारको ताकत र प्रतिस्पर्धा कानुनको दुरूपयोग गर्न नहुने भन्दै अस्ट्रेलियाले यस्तो जनाएको हो ।

नयाँ कानुन नमाने उनीहरूमाथि नियन्त्रण थपिने जनाएको छ ।
प्रधानमन्त्री स्कट मरिसनले प्रतिस्पर्धा र उपभोक्ता आयोगका लागि एक आचारसंहिता बनाउन लागेको र त्यसलाई सबै प्रविधि कम्पनीले मान्नुपर्ने बताए । यो कानुनले प्रतिस्पर्धा कमजोर नहुने बरू यसबाट बजार ठोस बन्ने बताउँदै विज्ञापनबाट कमाउने कम्पनीहरूले यसको पालना गर्नुपर्ने उनले जनाए ।

उनले भने, “हामीले समाजिक सञ्जालका प्लेटफर्म डिजिटल प्लेटफर्मका लागि न्यायिक क्षेत्रको एक नमूना बनाउन लागेका छौं ।” अस्ट्रेलिया सरकारले अनलाइन कम्पनीहरूलाई कस्न लागेको देखिएको कतिपयको बुझाइ छ । अस्ट्रेलिया सरकारले नोभेम्बर २०२० सम्म नयाँ कानुनलाई स्वीकार गर्नुपर्ने नभए अवज्ञा गर्ने कम्पनीमाथि कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

देशभर चिसाे बढ्याे : उपत्यकामा हल्का वर्षा, केही स्थानमा हिमपात र हावाहुरीकाे सम्भावना

काठमाडाैं- पश्चिमी न्यून चापीय वायुको प्रभावले देशभर पूर्ण बदली भई उच्च पहाडी र हिमाली भू–भागमा हिमपात भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। महाशाखका अनुसार हुम्ला, डोल्पा, मुगुलगायतको उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपातसँगै जनजीवन प्रभावित भएको छ।

बुधबार साँझ नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशभर चिसो बढेको छ। जल तथा मौसम विज्ञान विभागले पश्चिमी उच्च पहाडी र हिमाली भू–भागमा भारी हिमपातको सम्भावना रहेकाले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

यसका साथै आज काठमाडौँ उपत्यकासहित देशको पश्चिमी पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताए। देशको पश्चिमी भू–भागका केही स्थानमा हावाहुरी आउने सम्भावना पनि छ, उनले भने ।

पश्चिमी वायुको प्रभावले देशभरको जनजीवन प्रभावित भएको छ। पश्चिमी वायुको प्रभावले एक्कासी बिग्रिएको मौसम शनिबार बेलुकाबाट क्रमश सुधार हुँदै जाने बताइएको छ।

राति देशभर सामान्य बदली रही पश्चिमी भेगका केही स्थानहरुमा मेघ गर्जनसहित हल्का वर्षा साथै पश्चिमी उच्च पहाडीसहित हिमाली भू–भागमा भारी हिमपातको सम्भावना रहेको जनाएको छ।

भोली देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा हल्का वर्षा हुने छ। आइतबार देशको पश्चिमी भू–भागमा सामान्य बदली र मध्य तथा पूर्वका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमको केही स्थानहरुमा साथै मध्य र पूर्वका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम १६ दशमलव २ डिग्री सेल्सियस रहेको छ। रासस

 

Leave a Reply

Your email address will not be published.