अब आउने आईतबार देखि साउदी अरेबियाका रेष्टुरेण्टमा पुरुष र महिला सँगै बस्न पाइने भएको छ ।
खासगरी तेलको भण्डार साउदीमा पुरानो संस्कार मानिँदै आइएको बताइन्छ । यद्यपी समाज केही परिवर्तन हुने बताइन्छ ।
आइतबारको निर्णयलाई पूर्णता नमान्ने हो भने त्यहाँको संसदीय गाउँपालिकाको हकमा रेष्टुरेण्टका प्रवेशद्वारमा लिङ्गभेद रहेको थियो । मेचहरुमा परिवार, महिला र पुरुष छुट्टा छुट्टै बस्नु पर्ने बाध्यता थियो ।
राज्यले लैंगिक भेदभाव लाई पछिल्लो वर्षहरुमा फितलो बनाउँदै पनि आएको बताइन्छ ।
अगष्ट महिनामा सरकारले साउदी महिलाहरुलाई आफ्नो पुरुष अभिभावकको सरसल्लाह बिना पासपोर्ट बोक्न र विदेश भ्रमणका लागि पनि अनुमति दिएको थिएन ।
२०१७ मा महिलालाई सवारी साधन प्रयोगको अवसर दिइएको थियो । सो परिवर्तन कोशेढुङ्गा माँिनदै आएको छ ।
२०१८ मा महिलालाई लाईसेन्स प्रदान गरिएको हो । केही महिला अधिकारकर्मीले महिलाले सवारी साधन चलाउनु पर्ने माग राख्दै आएका थिए उनीहरुलाई २०१८ मा जेल चलान गरिएको थियो । विश्वव्यापी अन्तराष्ट्रिय विरोधका कारण उनीहरुलाई साउदी सरकारले खुला छोडेको बताइन्छ ।
(स्रोतः सिएनएन)