Categories
ताजा समाचार

बहिनीको बिहे पार्टी प्यालेस हुँदै गर्दा समान किन्न बाहिर निस्केका दाजुको सडक दुर्घट*नामा परि निध*न (भिडियो हेर्नुहोस )

काठमाडौं, २६ मंसिर । बहिनीको विवाहका लागि दुबोको माला लिएर हिडेका दाईको कार दुर्घटनामा ज्या न गएपछि विवाह रोकिएको छ भने परिवार शोकमा डुबेको छ । बहिनीको कपिलबस्तुको चार नम्बर पार्टी प्यालेसमा विवाहको तयारी भइरहेको थियो । दाई उत्साहका साथ बहिनीको विवाहको तयारीमा लागेका थिए । तयारीकै लागि उनी घरवाट पार्टी प्यालेस जाने क्रममा कार दुर्घटनामा परे । दुर्घटनामा दाजुको ज्या न गयो भने परिवारका अन्य सदस्य घाइते भए ।

वेहुलीको दिदी र अन्य आफन्त सहित ५ जना घाइते भएका हुन् । कपिलवस्तुमा सोमवार विहान भएको कार दुर्घ टनामा ग्लोबल आइएमई बैंकका प्रवन्धकको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन् ।

पूर्व(पश्चिम राजमार्गको वोर्डगाउँ नजिकै भएको दुर्घ टनामा बैंकका बनगाई शाखा प्रबन्धकको ज्यान गएको हो । बा। ६ च ६३९० नम्बरको कार दुर्घ टनामा परी कपिलवस्तु नगरपालिका ९ हरनामपुरनिवासी २९ वर्षीय सुरज पाण्डेको ज्या न गएको हो । उनी आफ्नी बहिनीको विवाहको तयारीमा थिए । प्रहरीले सोमबार बिहान करिब ८ बजेतिर दुर्घ टनाबारे जानकारी पाएको थियो ।

तीव्र गतिमा रहेका कारण कार दुर्घ टना भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । कार अनिय न्त्रित भइ सडक किनारको बिजुलीको पोलमा ठो क्किएको हुन सक्ने जनाएको छ । कारमा सवार अन्य ५ जना घाइतेमध्ये २ जनालाई उपचारका लागि बुटवल लगिएको छ भने अन्य ३ जनाको वाणगंगास्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

कार ठोक्किने वित्तिकै नजिकै रहेका स्थानियहरु उद्दारका लागि पुगेका थिए । उद्दारमा गएकाहरुले कारमा वेहुलाको लागि तयार पारिएको माला र पुजा सामग्री समेत देखेको बताएका छन् । दुर्घटना भएको बेलामा नदेखेको र कारको ब्रेक लगाएको आवाज मात्र सुनेको बताएका स्थानियले अरुलाई बचाउन गाडीलाई झाडी तिर लैजान खोज्दा विद्युतको पोलमा गएर ठोक्किएको हुनसक्ने अनुमान गरे ।

Leave a Reply

Your email address will not be published.