Categories
मनोरंजन

राजु लामाले भने ‘द भ्वाइस अफ नेपालले’ मलाई यस्तो गरायो (भिडियो सहित )

राजु लामा कुनै जमानाका निकै लोकपृय गायक हुन् । उनी नेपाल बाहिर रहेका कारण उनी संगीत क्षेत्रवाट टाढीएका थिए । अहिले उनी नेपाल आएका छन् । भ्वाइस अफ नेपालमा रहेका उनी अहिले फेरी लोकपृय भएका छन् । उनी आफै त्यो कुरा स्वीकार गर्छन । अहिलेको पछिल्लो जेनेरेशनले मलाई विर्सनु भएको थियो तर भ्वाइस अफ नेपालवाट मेरो लोकपृयता बढेको छ । मंगोलियन हार्ट ब्याण्डका निकै लोकपृय गायक उनी अमेरिकामा बस्दै आएका छन् । अब फेरी डिसेम्बरको अन्त्यमा अमेरिका जान लागेका उनी अब उतै नहराउने बाचा गर्छन । फेरी नेपाल आउने र आफ्ना फ्यानको मन नदुखाउने उनको भनाई छ ।

उनी अहिले अमेरिकावाट आएर एसिड आक्रमणमा परेकी बालिकालाई भेट्न अस्पताल पुगेका थिए । उनले ति बालिकाका अगाडी गीत गाएर हौसला जगाउने कोशिष गरे । भ्वाइस अफ नेपालवाट बाहिरिएका झुम्री र रिता राईको जीवनीले आफुलाई दुख लागेको बताए । उनले उनीहरुलाई अवसर दिएको बताएका छन् । उनले एलिजासंग पनि काम गर्दै गरेको बताउँछन् । नवलपरासीको प्रेक्षा लम्साल र दिलसदासंग पनि गीत गाउने तयारीमा रहेको र केही महिनामै गीत सुन्न पाउने बताए । उनले गीतको माध्यमवाट सबैलाई एक बनाउने र राम्रो कर्म गर्ने सबैलाई सकारात्मक भावना जाओस भन्ने आफ्नो इच्छा रहेको बताए ।

भ्वाइस अफ नेपालको सिजन २ मा जज बनेका उनको ब्यवहारका कारण अहिले दर्शक र श्रोताले निकै मन पराएका छन् । उनी आफु पहिला देखि नै सफ्ट र कम बोल्ने खालको स्वभाव भएको बताए । तर भ्वाइस अफ नेपालमा आएपछि झुम्री र रिता राईको जिवन कथाले मन छोएको र बोल्न पनि धेरै सिकेको बताए । उनीहरुको आँट र हिम्मतले आफ्नो जिवनमा पनि हौसला आएको बताए । आँखा देख्न नसक्ने झुम्रीमा त्यती धेरै आँट देखेर आफु सबैकुरामा परिपुर्ण भएकाले अझ धेरै गर्न सक्छु भन्ने हौसला आएको बताए । उनले उनीहरुका लागि केही गर्न सकेको भए हुन्थ्यो भन्ने मनमा आएको बताए ।

उनले भ्वाइस अफ नेपाल सिजन ३ मा पनि जज बन्ने सम्भावनाका बारेमा भने उनले अहिले नै केही भन्न नसकिने र भन्न पनि नमिल्ने बताए । उनले एक वर्ष भ्वाइसकै कन्ट्याकमा भएकाले त्यसका बारेमा केही भन्न नमिल्ने उनको भनाई छ । उनले भ्वाइसले सिजन ३ मा नराखे पनि कुनै दुख, गुनासो नरहेको बताए ।

Leave a Reply

Your email address will not be published.