Categories
मनोरंजन

यस्तो बन्यो अल्लु अर्जुनको ‘अला भईकुन्ठपुरमलु’को टिजर (हेर्नुहोस टीजर सहित)

साउथका सुपरस्टार अल्लु अर्जुन आफ्नो नयाँ फिल्म ‘अला भईकुन्ठपुरमलु’ लाई लिएर चर्चामा छन् । यो फिल्मको टिजर पनि सार्वजनिक भइसकेको छ । फिल्मलाई त्रिविक्रम ने निर्देशन गरेका हुन् । फिल्मको स्क्रिनप्ले पजि निर्देशक क्रिविक्रम आफैले लेखेका हुन् ।

यस कमर्सियल फिल्ममा अल्लु अर्जुनका साथमा अभिनेत्री पूजा हेग्डेलाई पनि प्रस्तुत गरिएको छ । यो एक मसला फिल्म हो । फिल्मको सार्वजनिक टिजरमा अभिनेता अल्लु अर्जुनलाई एकशन अवतारमा देख्न सकिन्छ ।

अभिनेत्री पूजा पनि निकै स्टाइलिश अवतारमा प्रस्तुत गरिएको छ । यो फिल्म १२ जनवरी २०२०बाट दर्शकमाझ प्रस्तुत गरिनेछ ।

अभिनेत्री पूजा हेग्डे यस अगाडि महर्षि फिल्ममा देखिएकी थिइन् । सो फिल्ममा उनी अर्का अभिनेता महेश बाबुको अपोजिटमा प्रस्तुत भएकी थिइन् ।

उक्त फिल्मले बक्स अफिसमा उत्कृष्ट कलेक्शन गरेको थियो । यसका साथै उनी अक्षय कुमारको हाउसफुल ४ मा पनि देखिएकी थिइन् । सो फिल्म पनि सुपर हिट साबित भएको थियो ।

Leave a Reply

Your email address will not be published.