Categories
ताजा समाचार

अपराध महाशाखाका इन्स्पेक्टर ४० हजार घुससहित पक्राउ

काठमाडौं – अख्तियार दुरुपयोग अुनसन्धान आयोगले प्रहरीको महानगरिय अपराध महाशाखाका प्रहरी निरिक्षक जयनेपाल थापालाई ४० हजार घुससहित पक्राउ गरेको छ।

पाटनबाट प्रहरी निरिक्षक थापालाई घुस लिदालिँदै पक्राउ गरेको अख्तिायरका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। वैदेशिक रोजागरीको प्रयोजनका लागि सेवाग्राहीसँग उनले घुस लिएका हुन्।

अख्तियारले मंगलबार पनि काठमाडौंको नयाँ बानेश्‍वरबाट २० लाख रुपैयाँ घुससहित सडक डिभिजन कार्यालय प्युठानका प्रमुखसहिति इन्जिनियरलाई पक्राउ गरेको हो। सर्लाहीको प्रहरी चौकी त्रिभुवन नगरका प्रहरी नायव निरीक्षक राजेशकुमार सिंह र प्रहरी जवान मनोजकुमार यादवलाई ५० हजार घुससहित नियन्त्रणमा लिएको थियो।

त्यस्तै सप्तरी महादेवा गाँउपालिका-६ का वडासचिब नायव सुब्बा नबोनाथ मिश्रालाई २ लाख घुससहित पक्राउ गरिएको छ।

Leave a Reply

Your email address will not be published.