Categories
ताजा समाचार

२०१९ लाई बिदाइ गर्दै दराजको ११.११. को भव्य सफलतापछि अन्तिम भव्य किनमेल मेला ‘१२.१२’को घोषणा

११.११. को भव्य सफलतापछि नेपालको बृहत्तर अनलाइन् शपिङ गन्तव्य दराजले वर्षको अन्तिम भव्य किनमेल मेला दराज १२.१२. को घोषणा गरेको छ ।

दराजको १२.१२. अभियान २६ मंसिरदेखि पुस २ गतेसम्म लागू हुनेछ । अभियानद्वारा उपभोक्ताले अन्तर्राष्ट्रिय र स्वदेशी टप ब्राण्डका सरसामानमा ६०% सम्मको भारी छूट, मेगा डिल, क्रेजी भाउचर पाउनुका साथै मिसन १२.१२. र वान रुपी गेम जस्ता नयाँ र रमाइला गेममा भाग लिन पाई उपहारहरू प्राप्त गर्न सक्ने छन् ।

उपभोक्ताले दराजका बैंकिङ पार्टनरको डेबिट र क्रेडिट कार्ड प्रयोग गरि अनलाइन पेमेन्ट गर्दा थप २०% अथवा १ हजार ५०० रुपैयाँसम्मको छूट पाउनेछन् ।

दराज ११.११. को रेकर्ड तोड्ने सफलताले गर्दा गत नोबेम्बर महिना दराजको लागि एकदमै लाभदायी थियो । दराज ११.११. मा दराज एप र वेबसाइटमा ३.५ लाखभन्दा बढी प्रयोगकर्ताको उपस्थिति थियो, जुन पोहोरको भन्दा ७५ प्रतिशत बढी हो । यसपालिको ११.११ मा ३००० भन्दा बढी बिक्रेता थिए र ५०००० भन्दा बढी उपभोक्ता थिए । दराजले २४ भन्दा बढी शहरहरूमा १.५ लाखभन्दा बढी सामानहरुको व्यापार गराउन सफल भयो ।

दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिंग भन्छन्, ‘दराज ११.११. को रेकर्ड तोड्ने सफलता र ब्ल्याक फ्राईडेको थप सफलताले गर्दा गत नोबेम्बर हामी र हाम्रो बिक्रेताको लागि ‘सुपर नोबेम्बर’ नै हुन पुग्यो । त्यसैले हामी यो सफल साल २०१९, हामीलाई सदैव सपोर्ट गर्नुहुने उपभोक्ताहरूका साथ भव्य तरिकाले बिदाइ गर्न चाहान्छौं र खासगरी ११.११. को फाइदा उठाउन नपाउनुभएकालाई भनि हामीले यस ग्रान्ड अभियानमा थप नयाँ डिलहरू लिएर आएका छौं ।’

दराजले उपभोक्तालाई कुनै पनि सामान किन्नु अघि बिक्रेता तथा सामानले पाएका प्रत्रिक्रिया तथा रेटिङ्गहरू हेर्न सुझाव दिने गरेको छ ।

Leave a Reply

Your email address will not be published.