Categories
मनोरंजन

अन्तत: आलिया र रणबीरको विवाह हुने पक्का, काश्मिरमा विवाहको तयारी

एजेन्सी । अन्तत अरणबीर कपुर र आलिया भट्टको विवाह हुने निश्चित भएको छ । उनीहरुका अभिभावक सहमत भएपछि विवाह पक्का भएको हो । लामो समय देखि प्रेम सम्बन्धमा रहेको उनीहरुको विवाह अभिभावले सहमति नदिँदा ढिलाई भएको थियो । उनीहरुको विवाह सन २०२० मा हुने पक्का भएको हो ।

उनीहरुका विवाहका लागि दुवै परिवारका सदस्य राजी भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेको छ । उनीहरुको विवाहको सन्दर्भमा ऋषि कपुर र महेश भट्टविच कुराकानी भए पछि विवाहका लागि सहमत भएका हुन् । भट्ट परिवारका सदस्यका अनुसार आलियाले विवाहका लागि विदेश नजाने योजना बनाएकी छिन् । आलियालाई काश्मिर निकै मन पर्छ भने उनले आफ्नो विवाह पनि काश्मिरमा मनाउनै योजना बनाएकी छिन् ।

मेघना गुलजारको फिल्म ‘राजी’को सुटिङको क्रममा आलिय सन २०१७ मा काश्मिर पुगेकी थिइन् । सोही समयदेखी आलिया काश्मिरको सौन्दर्यवाट मोहित बनेकी थिइन् । आलियाको योजनामा रणबीर पनि सहमत भैसकेका छन् ।

अलिया भट्ट र रणवीर कपूर अहिले प्रेममा चुर्लुम्म डुबेका थिए । उनीहरूले एकअर्काप्रतिको प्रेम अनेकौं अवसरमा प्रकट गरिसकेका थिए । पुरस्कार समारोह, विभिन्न कार्यक्रम वा बिहेहरूमा उनीहरू क्युट पारामा हातमा हात राखेर हिँडिरहेका भेटिन्थे । उनीहरू लजाएको र मुस्काएको अवस्था देखेका भारतिय मिडियाले उनीहरुको सम्बन्धको बारेमा धेरै अघि देखि खुलाएका थिए ।

आलिया भट्टको पछिल्लो फिल्म कलंक फ्लप भएपछि उनले असफलतालाई स्वीकार गरिन् र अर्को फिल्म ब्रह्मास्त्रको कुरा झिकिन् । ब्रह्मास्त्रमा उनी रणवीर कपूरसँग देखिइन् । पिंकभिल्लासँगको अन्तर्वार्तामा आलियाले रणवीरसँगको सहकार्यका बारेमा खुलेर कुरा गरेकी थिइन् ।

उनले भनिन्, ‘ऊ र म पहिलोपटक एउटै फिल्ममा काम गरिरहेका छौं र म यसमा वास्तवमै खुशी छु । कुनै बेलामा म सोच्थें – उससित कहिले काम गर्न पाउँछु होला भनेर ।’म र रणवीर सँगै आउँदा एक किसिमको जादू छायो । मैले ब्रह्मास्त्र चल्ने आशामा यो कुरा भनेकी हुँ र घमण्ड गरेको हैन ।’

‘रणवीरले मलाई भिन्न अनुभव गराउँछन् । म आफ्नो निजी जीवनका बारेमा कुरा गर्न त मन पराउँदिनँ तर उससँग बस्दा मलाई निकै सहज अनुभव हुन्छ । ऊ गजबको मान्छे हो र म उससँग दिनदिनै नयाँ नयाँ कुरा सिकिरहेकी हुन्छु । म अहिले व्यावसायिक र निजी दुवै क्षेत्रमा आनन्दको अनुभव गरिरहेको छु ।’

Leave a Reply

Your email address will not be published.