Categories
मनोरंजन

के बिराज भट्ट साँच्चै ‘धनगढीको डन’ हो ? बिराजले फिल्म क्षेत्रमा आउनु अगाडि थुप्रै मान्छे पिटेको खुलाशा तर किन ? (भिडियो हेर्नुस)

चर्चित नायक बिराज भट्ट यहि माघ २४ मा आफ्नो नउाँ चलचित्र साङलो लिएर दर्शक माँझ आउँदैछन् । मसलेदार चलचित्र साङलोमा बिराज भट्टसँगै निकिता चाण्डक, कामेश्वर चौरासिया, जय नन्द लामा, शिशिर भण्डारी आदि कलाकारहरुको मुख्य भुमिका रहेको छ । चलचित्रको निर्माण तथा निर्देशन पनि बिराज भट्टले नै गरेका हुन् ।

यसैबिच फिल्मको गीत चरीले काफल टिप्यो चर्चामा रहँदा साङलोको ट्रेलरको प्रतिक्षा दर्शकहरुलाई निकै छ । दर्शकहरुलाई जानकारी दिदै बिराज भट्टले फिल्मको ट्रेलर चाँडै नै दर्शक माँझ आउने बताए । बिराजलाई के तपाई धनगढीको डन हो भनेर प्रश्न गर्दा उनले यस्तो जवाफ दिए, भिडियो हेर्नुस

जातिय भेदभाव र छुवाछुतको अपराधको जाहेरी नलिने र मिलापत्र गराउने प्रहरीलाई कार्वाही

विराटनगर । जधन्य जातिय भेदभाव र छुवाछुतको अपराधको जाहेरी नलिने र मिलापत्र गराउने प्रहरीलाई कार्वाही गर्ने एक नम्बर प्रदेश सरकारले चेतावनी दिएको छ ।

सोमवार विराटनगरमा मानव अधिकार महाभेलामा बोल्दै एक नम्बर प्रदेश सरकारका प्रबक्त्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले मान्छेले मान्छेलाई गर्ने जतिय बिभेद र छुवाछुत जधन्य अपराध भएकोले मिलापत्र गराउने प्रहरी वा कर्मचारी जोसुकैलाई सरकारले कडा कार्वाही गर्ने चेतावनी दिएका छन् । दलितहरुको मानव अधिकारको अबस्था र आगामी योजनाहरुबारे बोल्दै मन्त्री कार्कीले एक नम्बर प्रदेशलाई जातिय छुवाछुत मुक्त्त बनाउन सरकार प्रतिबद्ध रहेको भन्दै छुवाछुतका घटना मिलापत्र गराउने प्रहरी , न्यायिक समितका पदाधिकारी वा प्रशासनका कर्मचारी जोसुकैलाई कार्वाही गर्ने चेतावनी दिएका हुन ।

उनले दलितहरुको पक्षमा निर्माण भएका कानुनहरुकोवारे जानकारी गराउन तल्लो तहसम्म प्रदेश सरकारले सचेतना अभियान सञ्चालन गर्ने रछुवाछुत अन्तकालागि प्रयास गर्ने अभिन्ता , अभिभावक र नागरिक समाजलाई प्रोत्साहन गर्ने प्रतिबद्धता पनि गरे । मानव अधिकारको पालना राज्य सरकारको दायित्व भएकोले प्रदेश सरकार संबिधान , अन्तराष्टिूय कानुन अनुसारको आवश्यक कानुन निर्माण गर्न सचेत रहेको बताउदै मन्त्री कार्कीले जातिय छुवाछुत बिरुद्ध क्षमता अनुसारको सयन्त्र परिचालन गरेर जागरण अभियान संचालन गराउने जानकारी पनि गराए ।

प्रदेश सांसद जयराम यादबले आफनो गर्वकालागि पिडित समुदायनै सघर्ष गर्नुपर्नेमा जोड दिए । उनले दाबेदारहरु सक्रृय भएमात्र कानुनमा उल्लेख भएको समानताको हक व्यवहारमा कार्यान्वयन हुन्छ भने । भेलामा प्रदेश सरकारका प्रमुख न्यायधिबक्त्ता चुडामणी आचार्यले जातिय बिभेद र छुवाछुत समाजिक कलङक भएकोले अन्त गर्नकालागि लागिपर्न सबै सचेत बर्गलाई आग्रह गरे ।

मोरङका सहायक सिडिओ सुरेश सुनारले कर्तव्य र दायित्वबोध सहित सबै लागिपरे मात्र मानव अधिकारको अवस्था बलियो हुन्छ भने । नेकपा केन्द्रिय सदस्य बिनोद ढकालले छुवाछुत अन्तकालागि गलत राजनैतिक प्रणालीलाई जस्तै कुसस्कार बिरुद्ध आन्दोलन चलाउन आवश्यक छ भने । मोरङका एसपी बिश्व अधिकारीले प्रहरी नागरिकहरुकैलागि भएकोले मानव अधिकारप्रति प्रतिबद्ध भएर काम गर्ने वताए ।

जिसस मोरङका प्रमुख नरेश पोखरेल , मानव अधिकार रक्षक परिषदका संयोजक सोमराज थापा,नेपाल पत्रकार महासंघ एक नम्बर प्रदेश अध्यक्ष बिक्रम लुईटेल , नेपाली काँग्रेसका नेता यदुकुमार बिष्ट , राष्ट्रिय मानव अधिकार आयोगका एक नम्बर प्रदेश कार्यालय प्रमुख मोहनदेव जोशी , उमेश बिश्वकर्मा लगायतले सरकारले हस्ताक्षर गरेको सन्धि र अभिसन्धिहरु व्यवहारमा कार्यान्वयन गराएमात्र बर्षौदेखी उत्पिडन भोग्दै आएका दलितहरुले मानव अधिकार वहाली भएको अनुभुति गर्ने वताए ।

७१औ मानव अधिकार दिवसको सन्र्दभमा सोमवार विराटनगरमा राष्टिूय मानव अधिकार आयोग र नागरिक संस्थाहरुले प्रादेशिक महाभेला आयोजना गरेका हुन् । महाभेलामा दलित मानव अधिकारको अवस्थाबारे चर्चा भएको थियो । नेपाल पत्रकार महासंघका निर्वतमान केन्द्रिय सदस्य गणेश लम्सालले दलितहरुको मानव अधिकारको अवस्था र चुनौतीबारे अवधारणपत्र प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published.