करेन्ट लागेर दुवै हात गुमाएकी मेघा घिमिरेले अमेरिका पुगेर कृत्रिम हात हालेर फर्केकी छिन् । नारायण रिना मेमोरियल फाउण्डेशनले दुर्घटनामा परी दुवै हात गुमाएकी मेघा घिमिरेलाई उपचारका लागि अमेरिका लगेको थियो । हात हालेपछि मेघा निकै खुशी छिन्, कुनै दिन सानो सहयोगका लागि तड्पिरहेका मेघाा र उनको आमाले मिडियामा आईसकेपछि मेघााको हात हाल्नका लागि लाखौं सहयोग पाए ।
अमेरिका पुगेर ८० लाख भन्दा माथिको हात हालेकी मेघााले बताएकी छिन् । कृत्रिम हातको सहायताले मेघाा हिजोआज आफ्नो काम आफै गर्ने भएकी छिन् । लुगा लाउने, खाना खाने लगायतका काम गर्न उनलाई अब आमाको साथ चाहिदैन । भिडियो हेर्नुस
बाल सुधारगृह भित्र विद्यालयको बिजोग
विराटनगर । विराटनगरस्थित बाल सुधारगृहभित्र रहेको विद्यालय बिजोग अवस्थामा सञ्चालन भइरहेको छ । बाल बिज्याइँको आरोपमा कैदीबन्दी रहेका बालकहरूलाई पढाउन स्थापना भएको विराटनगरस्थित सुधारगृहभित्र रहेको माध्यमिक विद्यालय बिजोग अवस्थाले सञ्चालन भइरहेको हो ।
विद्यालयमा भौतिक पूर्वाधार, शैक्षिक सामग्री, शिक्षक कर्मचारी, पाठयपुस्तक सबैको चरम अभाव छ । सुधारगृहभित्र रहेको विद्यालयमा कक्षा ५ देखि १२ सम्मका विद्यार्थीलाई पढाउने जम्मा दुई जना मात्र शिक्षक छन । विद्यालयमा कर्मचारी एक जना पनि छैनन् । विद्यालयको न त अफिस छ न त विद्यार्र्थीलाई पाठयपुस्तक र कापी कलम नै । जेनेतन जुटाएका पायठपुस्तकहरूको सहयोगमा शिक्षकहरूले पढाउँदै आएका छन् । विद्यालयमा विद्यार्थीहरू सबै भुइँमा बसेर पढ्ने गर्छन । विद्यालयमा भएका तीन वटा कक्षा कोठा पनि अति नै साँघुरा छन् । विद्यार्थी कोचमकोच भुइँमा बसेर पढ्ने भएकोले शिक्षकहरूले हिँडडुल पनि गर्न पनि पाउँदैनन् ।
कक्षा कोठा, शिक्षक अनि शैक्षिक सामग्री र पाठयपुस्तक अभावले पठनपाठनमा अति गाह्रो भइरहेको शिक्षक कृष्णराज चौधरी बताउँछन् । उनका अनुसार शिक्षक नभएकोले साना कक्षाका विद्यार्थी पढाउन सुधारगृहभित्रै कैदीबन्दी रहेका बालकहरूबाट सहयोग लिने गरिएको छ । विद्यालयमा नेपाली, गणित, अंग्रेजी र विज्ञान पढाउने शिक्षक नै छैनन् । सबै विषयगत शिक्षक नभएकोले विद्यालयमा पाठयक्रमअनुसार पढाइ हुन पाएको छैन । नियुक्त भएका दुई जना शिक्षकहरूले नै जेनतेन जम्मा चारवटा विषयलाई फोकस गरेर पढाउँदै आएका छन् ।सुधारगृहभित्र हाल १ सय ५२ जना बालकहरू कैदीबन्दी छन् ।
तीमध्ये १ सय ३२ जना नियमित विद्यालयमा पढिरेहका छन् । कक्षा ५ मा पढ्ने विद्यार्थी सबैभन्दा बढी हुने गरेका छन् । यसैगरी एसईई र कक्षा ११ र १२ को परीक्षा दिने विद्यार्थीहरू पनि मनग्गे हुने गर्दछन । पढ्ने कक्षा कोठाको अभावमा विद्यार्थीहरूलाई चौरमा राखेर पढाउन थालिएको छ ।शिक्षकहरूका अनुसार सुधारगृहभित्र भएको विद्यालयले सामुदायिक विद्यालयको अनुमति यसै वर्षबाट प्राप्त गरेको छ । तर पाठयपुस्तक, शैक्षिक सामग्री, पोशाक र छात्रवृत्तिबापतको रकम भने पाउन थालेको छैन । न त शिक्षक र कर्मचारीको दरबन्दी नै प्राप्त गरेको छ । कापी कलम, पाठयपुस्तक र केही शैक्षिक साम्रागीका लागि महानगरपालिकालाई आग्रह गरेको तर प्राप्त भइनसकेको शिक्षिका फुलमाया प्रसाइँले बताइन् ।
विद्यालयमा व्यवस्थापन समिति नहुँदा रेखदेख र संरक्षणमा समस्या भइरहेको छ । पहिले विद्यालयलाई बाल सुधारगृह व्यवस्थापनको जिम्मा लिएको युसेफ नेपाल नामको गैरसरकारी संस्थाले जेनेतेन सञ्चालन गराउँदै आएको थियो । हाल विद्यालयलाई सरकारले स्वीकृति दिइसकेकोले उसले संरक्षण गर्न छाडिदिएको छ । युसेफको विराटनगर सुधारगृह इन्र्चाज मिलन चौहानले अझै पनि एक जना शिक्षक र केही शैक्षिक सामग्री सहयोग गरिेरहेको बताए ।
बाल सुधारगृहभित्र बालबिज्याइ (बाल अपराध) गरेर पूर्पक्षका लागि र सजाय भुक्तान गर्न आएका बालकहरू मात्र बस्दछन् । बाहिर जान नपाउने र अन्य कुनै सीपमूलक तालिम पनि नभएकोले उनीहरू दिनभरि विद्यालयवरिपरि नै हुन्छन् । तर विद्यालयको अवस्था दयनीय हुँदा उनीहरूको आवश्यकताअनुसार गुणस्तरीय पठनपाठन हुन पाएको छैन । तर विद्यालयलाई सम्पन्न बनाएर गुणस्तरीय पठनपाठन गराउन सके सुधारगृहका बालकहरूको शैक्षिकस्तर राम्रो हुने र उनीहरूको आँचरण व्यवहारमा पनि साँच्चै सुधार आउन सक्ने शिक्षकहरू बताउँछन् ।