यिनी हुन् कमशेराप । उनी तिब्बतमा जन्मिएकी हुन् । तर उनलाई नेपाललाई नै माया लाग्छ । जन्मभूमी तिब्बत भएकाले तिब्बतको पनि माया नलाग्ने भने होइन । तर नेपालमै धेरै भिजेकोले उनलाई नेपाल नै धेरै माया लाग्छ । उनलाई नेपालको सबैभन्दा मन पर्ने ठाउँ भने पोखरा हो । उनले तिब्बतीहरुलाई पनि नेपाल आउन निम्ता दिएकी छन् । १९ वर्षीया कमशेराप अलि अलि हिन्दी पनि बोल्छिन् । हिन्दी फिल्म हेर्ने गर्छिन । नेपाली गीतमा उनलाई पप गित मन पर्छ । आस्था राउत, मित्रता ब्याण्डको गीतहरु उनी धेरै सुन्छिन् ।
अंग्रेजी गितमा आफुलाई कम्फर्ट फिल गर्ने कमशेरापले नेपाली गीत पनि निकै राम्रो गाउँछिन् । उनी अब नेपालमै आफ्नो जीवन बिताउन चाहन्छिन् । त्यसैले नेपालमै घरजम गर्ने योजना बनाएकी यी १९ वर्षकी युवतीलाई उनका घरपरिवारले नेपाली केटासंग विवाह नगर भनेका छन् । उनले भनिन्, नेपाली केटासंग विवाह गरिस् भने परिवार छोड भनेर ध म्की समेत आएको छ । उनले भनिन् हाम्रो देशकोहरुलाई नेपाली केटा मन पर्दैन । तर म नेपालमै बस्न चाहन्छु ।
उनी गीत संगीतमै लागेर नेपालमा संघर्ष गर्न चाहन्छिन् । उनले नेपालमै घरजम गर्न योजना मात्र सुनाइनन् नेपाली गुरुगं युवकसग प्रेम परेको कुरा पनि खुलाइन् । ुतर परिवारका सदस्यहरुलाई भने फकाउनु पर्छु उनले भनिन् । युवकले प्रेमको प्रस्ताव राखेपछि धेरै लामो समय सम्म कुराकानी गरेपछि मात्र प्रस्ताव स्वीकार गरेको बताइन् । उनको निकै कियर गर्ने बानी नै मन परेको बताइन् । उनले भनिन्, ुजिवन बिताउने मैले हो मेरो ममी बुवालाई मन परेन भने पनि मेरो खुसीमा पक्कै खुसी हुनुहुन्छ भन्ने मलाई लाग्छ ।ु उनले आमा बुवालाई पनि आफु नेपालमै बस्ने बातावरणका लागि सहयोग गर्न फकाउने बताइन् ।
https://youtu.be/QKBtOfU9GJM