सलमान खान स्टारर ‘दबंग’को तेश्रो सिरिज ‘दबंग ३’ले रिलिज अगावै १ सय ५५ करोड कमाएको छ। दैनिक भाष्करका अनुसार यो फिल्मले अमेजन प्राइमलाई अनलाईन स्ट्रिमिङ, टी सिरिजलाई म्युजिक र जी नेटवर्कलाई स्याटलाइट राइट्स बेचेको छ।
खबरअनुसार फिल्मले डिजिटल राइट्स ओटीटी प्लेटफार्म अमेजन प्राइम भिडियोलाई ६० करोडमा बेच्यो। त्यस्तै जी नेटवर्कले ८० करोडमा स्याटलाइट राइट्स खरिद गर्याे भने टी सिरिजले १५ करोडमा म्युजिक राइट्स खरिद गर्याे।
डिसेम्बर २० मा रिलिज हुने यो फिल्ममा सलमानको अलावा सोनाक्षी सिन्हा, साईं मांजरेकर, किच्चा सुदीप प्रमुख भूमिकामा छन्। फिल्मलाई प्रभु देवाले निर्देशन गरेका छन्।
‘यो एकदमै सलमान खान फिल्म हो। दर्शकले सलमानलाई पर्दामा जस्तो देख्न चाहन्छन्, उनको चरित्र फिल्ममा त्यस्तै छ। यो फिल्म तुलनात्मक रुपमा ‘दबंग’ सिरिजकै सबैभन्दा ठूलो फिल्म हुने पक्का छ,’ फिल्ममा सलमानको चरित्रलाई लिएर निर्देशक प्रभु देवाले दावी गरेका छन्।
विमानमा उड्दा शरीरमा के हुन्छ ?
एजेन्सी । विमानमा उड्दैगर्दा मानिसको शरीरमा विभिन्न परिवर्तन आइरहेका हुन्छन् जसबारे प्रायः मानिसहरुलाई थाहा हुँदैन । उचाइमा पुग्दा त्यहाँ हावाको चापदेखि तापमान सबै पृथ्वी सतहभन्दा फरक हुने हुनाले पनि नयाँ वातावरणसँग अनुकूल रहन शरीरमा विभिन्न बदलाव हुने गर्दछ ।
सबैभन्दा पहिले त उडिरहेको समयमा हामीलाई जलवियोजन हुने गर्दछ । किनकि विमानभित्र हामी जुन हावामा सास फेरिरहेका हुन्छौँ, त्यो अत्यन्तै सुख्खा हुन्छ । बाहिरको हावामा एकदम थोरै बाफ हुने हुनाले पनि त्यसले विमानभित्रको हावालाई पनि प्रभाव पारिरहेको हुन्छ । जस्तै क्याबिनभित्र हावामा बाफको दर ५ देखि ३५ प्रतिशतसम्म हुन्छ जुन केही मरुभूमिसँग तुलना गर्न सकिन्छ ।
यस्तोमा अधिक पानी पिउनुले थकान र टाउको दुखाइबाट बचाउन सक्छ ।अर्को परिवर्तन भनेको हाम्रो स्वाद लिन सक्ने क्षमतामा आउने गर्दछ । जसकारण उडानको समयमा जुनसुकै खानेकुरा पनि नमिठो लाग्न सक्छ ।
वास्तवमा हावामा बाफको कमि हुनुले हाम्रो नाकभित्रका मेम्ब्रेनहरुलाई पनि सुख्खा बनाइदिएको हुन्छ जसले हाम्रो जिब्रोको क्षमतामा कमी ल्याउँछ । त्यस्तै विमानको इन्जिनको आवाजले पनि यसलाई प्रभावित गरिरहेको हुन्छ । यसले गुलियो र नुनिलो खानेकुराको स्वाद थाहा पाउने क्षमता ३० प्रतिशतले कम गराउँछ ।
तेस्रो शारीरिक बदलाव भनेको हामीलाई आफू फुलिएको जस्तो अनुभूति हुन्छ ।
विमानहरुमा हावाको चाप सामान्य अवस्थामा भन्दा अत्यन्तै कम गरिएको हुन्छ जसको हामीलाई बानी परेको हुँदैन । यसले हाम्रो शरीरभित्रका ग्यासलाई फैलाउँछ । जसकारण हामीलाई पेट फुल्ने, विचलित भएको जस्तो र ग्यास बढीरहेको महसुस हुन्छ ।
त्यसैगरी लामो समय विमानको यात्रा गर्नुले हाम्रो कानमा पनि उत्तिकै असर पारिरहेको हुन्छ । हावाको चापमा लगातार बदलाव आइरहँदा हाम्रो कानलाई सन्तुलनमा आउन कठिन भइदिन्छ । यसैकारण हामीलाई कान दुखेको जस्तो र घरिघरि पड्किएको जस्तो लाग्छ ।
यसबाट राहत पाउन हामीले नाक बन्द गरि निल्न खोज्नुपर्छ । तर नाकबाट हावा फाल्ने प्रयास गर्यो भने चाहिँ त्यसले उल्टै हाम्रो कानको जालीमा गम्भीर क्षति पुर्याउन सक्छ । –बिजनेस इन्साइडर