Categories
अन्तरास्ट्रिय

युएइका युवराजसँग हात मिलाउन खोज्‍ने सानी नानीको रोचक काहानी ( हेर्नुहोस भाइरल भिडियो सहित)

अबुधाबी : यूएइका युवराज तथा शासक शेख मोहमद बिन जियाद अल नह्यानसँग एक समारोहमा हात मिलाउन खोज्ने एक बालिकाको प्रयास असफल भएपछि धेरैको ध्यान ती बालिकातिर तानिएको छ ।

हालैको एक घटना हो, युवराज जियाद एक समारोहमा उपस्थित थिए । जहाँ सानी बालिका अइशा मोहम्मद मसित अल मजरुइ पनि सहभागी थिइन् । समारोहमा उनले युवराज हिँडेको छेउमा गएर बारम्बार हात मिलाउन प्रयास गरिन् ।

तर युवराजले ती बालिकालाई देखेनन् । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि ती बालिका पनि दंग परिन् । बालिका यसकारण पनि दंग भइन् कि, सामाजिक सञ्जालमा ती बालिकालाई देखेपछि युवराजले उनको घरमै पुगेर सद्भाव देखाए ।

ती बालिका र युवराजको यस्तो निर्णयबारे पनि भिडियो भाइरल नै बनाइएको छ । खासगरी ती बालिकाबारे युवराज जियादले देखाएको आत्मियताबारे धेरैले प्रशंसा गरेका छन् ।

https://www.youtube.com/watch?v=aoPPjfPxJFU

Leave a Reply

Your email address will not be published.