Categories
मनोरंजन

दोस्रो भ्वाइस अफ नेपालको उपाधि राम लिम्बुलाई, के–के पाए पुरस्कार ? हेर्नुहोस

काठमाडौं । पछिल्लो समय नेपालमा सर्वाधिक चर्चामा रहेको अन्तराष्ट्रिय एक रियालिटी टिभी शो फाइनल सकिएको छ । दोस्रो भ्वाइस अफ राम लिम्बुलाई उपाधि थमाउँदै सकिएको हो । हिजो राति राजधानीको चुच्चेपाटीमा भएको अन्तिम प्रतिष्पर्धाबाट लिम्बुले उपाधि हात पार्नुभएको हो । टीम प्रमोदमा रहेका लिम्बुले अन्य तीन जना प्रतिस्पर्धीलाई पछि पार्दै जित निकाल्नु भएको हो ।

उहाँ भोटिङका आधारमा दोस्रो भ्वाइस अफ नेपालको उपाधि हात पार्न सफल हुनुभएको हो । उपाधि जितेसँगै लिम्बुले ड्याट्सन गाडी, १२ लाख नगद र म्युजिक एल्बमको कन्ट्रयाक्टसमेत प्राप्त गर्नुभएको छ । कम भोट प्राप्त गरेका कारण प्रतिष्पर्धामा रहेका विकास लिम्बु, सनिष श्रेष्ठ र आरिफ रौफ पछि पर्नुभयो । प्रतियोगितामा दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा र आस्था रावत कोचको भूमिका रहनुभएको थियो ।

यो पनि पढ्नुहोस: काठमाडौं । अन्तराष्ट्रिय गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल सिजन–२’ को विजेता राम लिम्बु भएका छन् । आज बौद्ध स्थित ह्यातको ग्राउन्डमा आयोजना भएको ग्र्याण्ड फिनालेबाट उनी विजेता भएका हुन् । गत शुक्रबार राति सम्पन्न सेमीफाइनलबाट ८ जनाको प्रतिस्पर्धात्मक शो बाट उत्कृष्ट ४ जना फाइनलमा प्रवेश गरेका थिँए । फाइनलमा प्रवेश गर्नेहरुमा कोच दीपबाट बिकाश लिम्बु, कोच राजुबाट शनिष श्रेष्ठ, कोच आस्थाबाट आरुफ राव तथा कोच प्रमोदबाट राम लिम्बु थिँए ।

फाइनलमा प्रवेश गरेका प्रतिस्पर्धीले विजयीको लागि आज अन्तिम प्रस्तुति दिए । द भ्वाइस अफ नेपालबाट छानिने बिजेताले डाटसन रेडी गो कार, १२ लाख नगद पुरस्कार, १५ लाख बराबरको भिडियो एल्बम र विश्व सांगीतिक यात्राको अवसर प्राप्त गर्नेछन् । सबै कोचहरु र सर्मथकहरु केही समयदेखि आफ्नो टिममा भएका प्रतिभाहरुलाई जिताउन तातिएर लागेका थिँए । सामाजिक सञ्जालमा सबैले लिम्बुलाई बधाई दिइरहेका छन् ।

Leave a Reply

Your email address will not be published.