Categories
ताजा समाचार

बसको ढोकामा उभिएर चुरोट खाँदा ख*सेर यात्रुको मृ*त्यु

बनेपा,२१मंसिर । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपाकिला–११ तिरतिरे धारास्थित विपी राजमार्गमा आज बिहान यात्रुबाहक बसको ढोकाबाट खस्दा एक जनाको मृ त्यु भएको छ ।

कांकडभिट्टाबाट काठमाण्डु आउँदै गरेको ना ६ ख ९१३८ नम्बरको बसको ढोकाबाट खस्दा गम्भीर घाइते भई उपचारका लागि धुलिखेल अस्पताल पठाइएकामा उपचारका क्रममा मृ त्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए ।

मृत्यु हुनेमा झापाको तोपगाछी–७ बस्ने वर्ष ४२ का खड्गनारायण श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । गाडीको ढोका छेउमा उभिएर चुरोट खाँदै गरेको अवस्थामा हात फुत्केर लडेको प्रहरीले जनाएको छ । बस र चालकलाई निय न्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको गिरीले बताए ।

यो पनि हेर्नुहोस -कुस्तीबाट जित्यो नेपालले पहिलो स्वर्ण

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले कुस्तीबाट स्वर्ण पदक जितेको छ।

नेपालकी संगीता धामीले स्वर्ण पदक जितेकी हुन्।

उनले ५५ केजी तौल समूहमा बंगलादेशकी सकिरा रेमीलाई पराजित गर्दै स्वर्ण जितेकी हुन्।

संगीताले जनकपुरमा भएको फाइनलमा ५–१ अन्तरले सकिरालाई पराजित गरेकी हुन्।

योसँगै नेपालकी स्वर्ण संख्या ४३ पुगेको छ। शनिबार नेपालका लागि म्याराथनबाट किरणसिंह बोगटीले स्वर्ण जितेका थिए।

 

Leave a Reply

Your email address will not be published.