२१ मंसिर, पोखरा । १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत महिला फुटबलको फाइनलमा पुगिसकेका नेपाल र भारत समूह चरणको अन्तिम खेलमा भिडेका छन् ।फाइनलको ‘प्रिभ्यू’का रुपमा रहेको खेल हेर्न पोखरास्थित फुटबल मैदानमा पोखरेली दर्शकहरुको बाक्लो उपस्थिति छ।
दर्शकहरु नारा लगाइरहेका छन्, ‘लिपुलेक हाम्रो हो, कालापानी हाम्रो हो । ‘गोल हान्, गोल हान् ।’बल नेपाली गोलपोस्टतिर जाँदा दर्शक शान्त बन्छन्। बल भारतीय गोल पोस्ट नजिक जादा दर्शकहरु जुरुक्कै उठ्छन् र भन्छन्, ‘लिपुलेक हाम्रो हो, कालापानी हाम्रो हो । गोल हान, गोल हान् ।’करिब ६ हजारमात्र दर्शक अट्ने रंगशाला प्यारापिट पूरापूर भरिएको छ । भित्र सिट नपाएपछि बाहिरै बसेर पनि खेल हेरेका छन्
यो पनि.हेर्नुहोस-पुरुष फुटबलमा माल्दिभ्सविरुद्ध नेपाल विजयी
काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलतर्फ नेपालले माल्दिभ्सलाई पराजित गरेको छ ।दशरथ रङ्गशालामा शनिबार दिउँसो भएको खेलमा नेपालले २–१ को जित हासिल गरेको हो । मध्यान्तरसम्म १–१ को बराबरी रहेको खेलमा मध्यान्तरपछि नेपालका लागि अनन्त तामाङले निर्णायक गोल गर्दै नेपाललाई ऐतिहासिक जित दिलाएका हुन् ।
मध्यान्तर अघिसम्म नेपाल र माल्दिभ्सबीच १–१ गोलको बराबरी थियो । खेलको १९ औं मिनेटमा माल्दिभ्सका इब्राहिम हुसेनले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
तर नेपालका लागि अभिषेक रिजालले ४३ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।सन् १९९९ यता दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत फुटबलमा माल्दिभ्सविरुद्ध नेपालको पहिलो जित हो ।यसअघि सन् १९९९ मा माल्दिभ्समाथि नेपालले दक्षिण एसियाली खेलकुद प्रतियोगितामा पुरुष फुटबलतर्फ जित हासिल गरेको थियो