काठमाडौं : संघीय सरकारको सार्वजनिक ऋण १० खर्ब ८४ अर्ब रुपैयाँमा झरेको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार पहिलो तीन महिनामा १० खर्ब चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १० खर्ब ८४ अर्ब ९६ करोड रुपैयाँको सार्वजनिक ऋण रहेकोमा पछिल्लो महिना ९६ कोड घटेको हो।
यस अवधिसम्म तिर्न बाकी आान्तरिक ऋण चार खर्ब ५३२ अर्ब र वैदेशिक ऋण ६ खर्ब ३१ अर्ब ४१ करोड रुपैयाँ रहेको छ। पहिलो चार महिनाको अवधिमा आन्तरिकण ऋणतर्फ ९० करोड बराबरको सावा र ६ अर्ब ७० करोड ५७ लाख रुपैयाँ बराबरको ब्याज भुक्तानी गरेको छ।
बाह्यतर्फ दुई अर्ब ३३ करोडको सावामा र ५५ करोड ५३ लाख ब्याज भुक्तानी गरिएको छ। अहिलेसम्मको तीर्न बाँकी १० खर्ब ८४ अर्ब रुपैयाँको आधारमा एक नेपालीको टाउकोमा ३७ हजार ५८९ रुपैयाँ ऋण रहन्छ।
यो पनि हेर्नुहोस -फुटबल सर्मथकको नारा : लिपुलेक हाम्रै हो, कालापानी हाम्रै हो
२१ मंसिर, पोखरा । १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत महिला फुटबलको फाइनलमा पुगिसकेका नेपाल र भारत समूह चरणको अन्तिम खेलमा भिडेका छन् ।फाइनलको ‘प्रिभ्यू’का रुपमा रहेको खेल हेर्न पोखरास्थित फुटबल मैदानमा पोखरेली दर्शकहरुको बाक्लो उपस्थिति छ।
दर्शकहरु नारा लगाइरहेका छन्, ‘लिपुलेक हाम्रो हो, कालापानी हाम्रो हो । ‘गोल हान्, गोल हान् ।’बल नेपाली गोलपोस्टतिर जाँदा दर्शक शान्त बन्छन्। बल भारतीय गोल पोस्ट नजिक जादा दर्शकहरु जुरुक्कै उठ्छन् र भन्छन्, ‘लिपुलेक हाम्रो हो, कालापानी हाम्रो हो । गोल हान, गोल हान् ।’करिब ६ हजारमात्र दर्शक अट्ने रंगशाला प्यारापिट पूरापूर भरिएको छ । भित्र सिट नपाएपछि बाहिरै बसेर पनि खेल हेरेका छन् ।