Categories
खेलकुद

१३ औं साग भारोत्तोलन : सञ्जु चौधरीले दिलाइन नेपाललाई ऐतिहासिक स्वर्ण

काठमाडौं , १९ मंसिर । जारी १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत भारोत्तोलनको महिलाहरुको स्पर्धामा पनि नेपालले अर्को इतिहास लेख्न सफल भएको छ ।

भारोतोत्तलनको महिलातर्फको स्पर्धामा अहिलेसम्म साग खेलकुदमा स्वर्ण पदक जित्न नसकेको खडेरीलाई सञ्जु चौधरीले तोडेकी छिन् ।पोखरामा जारी भारोत्तोलनको स्पर्धा अन्र्तगत सञ्जुले ५९ केजी तौल समुहमा स्वर्ण पदक जित्न सफल भएकी हुन् ।

सञ्जुले क्लिन एण्ड जर्कमा ९७ र स्न्याचमा ७४ गरी कुल एक सय ७१ तौल उचालेकी थिइन । यो सफलतासंगै सागमा भारोत्तोलनत स्वर्ण जित्ने सञ्जु पहिलो महिला खेलाडी बन्न समेत सफल भएकी छिन् ।

सेवा सुविधालाई लिएर रेफ्रीहरु आन्दोलनमा उत्रिएपछि उसुका खेलहरु डेढ घण्टा ढिलो गरी सुरु
उसुका रेफ्रीहरुको आन्दोलनका कारण निर्धारित समय भन्दा डेढ घण्टा ढिला गरी जारी १३ औं सागको उसुको खेलहरु आरम्भ भएका छन् ।यसअघि अन्तर्राष्ट्रिय स्तरको र राष्ट्रिय खेलकुद परिषद् राखेपको कार्यविधि अनुरुपको सेवा सुविधा नदिएको भन्दै जारी १३ औं साग अन्तर्गत उसु खेलका निर्णायक एवं रेफ्रीहरु आन्दोलित बनेका थिए ।

राष्ट्रिय खेलकुद परिषद् राखेप र रेफ्रीहरुको सहमति भएपछि खेलहरु सुरु भएका हुन् । नेपाली रेफ्रीहरुले विदेशबाट आएका रेफ्रीहरुलाई दैनिक ५ हजार भत्ता र होटलमा खाने बस्ने सुविधा उपलब्ध गराएको तर आफुहरुलाई भने दैनिक २ हजार भत्ता मात्र दिइ खाने बस्ने सुविधा नदिएको गुनासो गर्दै आन्दोलनमा उत्रिएका थिए ।

सेवा सुविधाको नाममा केही पनि नदिइएको र राखेपबाट प्रतिबद्धताको माग गर्दै राखेपका सदस्य सचिव रमेश सिलवाललाई भेटन दशरथ रंगशाला पुगेका रेफ्रीहरु झनै आक्रोशित बनेका छन् ।

Leave a Reply

Your email address will not be published.