Categories
ताजा समाचार

अस्पतालबाट डिस्चार्ज हुँदै प्रधानमन्त्रीले हात हल्लाउँदै संकेत गरे: ‘म स्वास्थ्य भएँ

काठमाडौं, १९ मंसिर । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले डिस्चार्ज भएका छन् । उनी विहिवार १० दिन पछि डिस्चार्ज भएका हुन् । प्रधानमन्त्री ओली डिस्चार्ज पछि निवासतर्फ लागेका हुन् ।

यसअघि बिहीबार नै प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति विद्यादेवी भण्डारी अस्पतालमा पुगेकी थिइन् । प्रधानमन्त्री ओलीको अघिल्लो मंगलबार एपेन्डिसाइटिसको शल्यकृया गरिएको थियो । अस्पतालबाट बाहिरिँदै गर्दा प्रधानमन्त्री ओलीले आफू स्वस्थ भएर फर्किएको प्रतिक्रिया दिए । चिकित्सक डा अरुण शायमीले प्रधानमन्त्रीको एपेन्डिक्सको उपचार सफल भएको बताए ।

प्रधानमन्त्री केपी ओली १० दिनपछि डिस्चार्ज भएका छन्। मंसिर १० गते पेट दुख्ने समस्या भएपछि अस्पताल पुगेका प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया भएको थियो। शल्यक्रियापछि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा आराम गरिरहेका प्रधानमन्त्री ओली बिहीबार दिउँसो पौने चार बजे डिस्चार्ज भएका हुन्। अस्पतालबाट डिस्चार्ज हुँदै प्रधानमन्त्री ओलीले हात हल्लाएर आफू ठिक भएको संकेत गरेका थिए । यद्धपी उनी केही बोलेनन्।

त्रिवि शिक्षण अस्पतालका ग्याष्ट्रोइन्टेरोलोजी, पित्त तथा कलेजो प्रत्यारोपण सर्जन डा।.रमेश सिंह भण्डारीसहितको टोलीले प्रधानमन्त्रीको शल्यक्रिया गरेको थियो। मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठले प्रधानमन्त्रीलाई अझै आरामको आवश्यकता रहेको बताएका छन् ।

अस्पतालवाट डिस्चार्ज भए पनि उनी केही दिन अझै आराम भने गर्नुपर्ने छ । श्रेष्ठका अनुसार अस्पतालमा उनको उपचारमा संलग्न चिकित्सकले नै केही हप्ता प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे निगरानी गर्नेछन्। प्रधानमन्त्रीकी निजी चिकित्सक डा। विद्या सिंहका अनुसार अझै एक सातासम्म प्रधानमन्त्री ओलीले अन्य क्रियाकलाप र भेटघाटमा सहभागी नभइ आराम गर्नुपर्नेछ । मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि प्रधानमन्त्री ओलीको नियमित हेमोडायलासिसलाई प्राथमिकता दिइएको छ। उनको पाँचौ पटक डायलसिस मंसिर १२ गते भएको थियो।

१२ वर्षअघि मिर्गौला फेल भएपछि प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीको अन्य स्वास्थ्य अवस्था राम्रो रहेको उनका सहयोगी चिकित्सकको भनाइ छ। नियमित डायलासिस गर्ने वा मिर्गौला प्रत्यारोपण गर्ने भन्ने विषयमा चिकित्सक निर्णयमा पुग्न सकेका छैनन्। एपेन्डिक्सको शल्यकृया अघि प्रधानमन्त्री ओली म्रिगौला प्रत्यारोपण गर्ने निर्णयमा पुगेका थिए । शल्यकृयाका कारण उनको प्रत्यारोपणको काम केही पर सरेको छ । प्रधानमन्त्रीलाई मृगौला दिन उनका दुई आफन्तको परिक्षण गरिसकीएको छ ।

Leave a Reply

Your email address will not be published.